घरHeadlineकार्तिक २४ बाट कावासोती सिनेम्याक्स संचालनमा, नेपाली चलचित्र "दिमाग खराव” पहिलो...

कार्तिक २४ बाट कावासोती सिनेम्याक्स संचालनमा, नेपाली चलचित्र “दिमाग खराव” पहिलो प्रर्दशनि

कावासोती , कार्तिक १७
नवलपुरको कावासोतीमा फिल्महल संचालनको तयारी गरिएको छ । सुविधा सम्पन्न हल कार्तिक २४ गते देखी संचालनमा आउने संचालक भरत मल्लले जानकारी दिए । यस अघि संचालनमा रहेको गतपति फिल्महललाई नयाँ प्रविधी र व्यावस्थापन गर्दै कावासोती सिनेम्याक्स संचालनमा आउन लागेको हो ।
पुरानो हललाई व्यस्थित र सुविधा सम्पन्न रुपमा परिमार्जन गरि संचालनमा ल्याउन लागीएको संचालक भरत मल्लले बताउनुभयो । तिहार अगाडीबाटनै फिल्म संचालनको तयारीमा थियौ अव कार्तिक २४ नै नेपाल भर प्रदर्शन हुन लागेको चलचित्र दिमाग खरावबाट नै प्रदर्शनी गर्न लागीएको संचालक मल्लले बताउनुभयो । कावासोती सिनेम्याक्समा दैनिक रुपमा विहान देखि रात्रि शो समेत संचालन हुनेछन् । सबैलाई आफ्नो समयानुकुल फिल्महेर्ने वातावरण मिलाउने गरि शोहरु संचालन गरिने मल्लले बताउनुभयो ।
कावासोतीका दर्शकले काठमाण्डौँमा रिलिज हुने फिलिम सोही दिन यहिबाट हेर्न पाउनेछन् । कावासोतीमा संचालन हुन लागेको हल उच्च प्रविधि मैत्री हुने छ । आरामदायी सिट, ठूलो पर्दा ,पार्किङको सुविधा, क्याफे सहित हल संचालन हुन लागेको हो ।
यहि काक्तिक १५ गते शुभ साइत गर्ने र लगतै प्रिमियर शो संचालन गरि नियमित रुपमा फिल्म चलाइने संचालक मल्लले बताउनुभयो । करिब दुई सय २५ सिट क्षमतामो हलमा दुई वटा विशेष क्याबिन कक्ष समेत रहने छन् । जसमा करिब ३० सिट क्षमता रहने छ ।
कोरोना महामारी शुरु भएसँगै कावासोतीमा रहेको गणपति फिल्महल बन्द भएको थियो । कावासोतीमा संचालनमा आउन लागेको कावासोती सिनेम्याक्स संचालन पछि जिल्लाकै एकमात्रै फिल्महल हुनेछ ।
निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया