नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।
आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८० को राजस्व संकलन तथा कार्यगत लक्ष्य प्रगतिका आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सम्मान गरेको हो । आन्तरिक राजश्व विभागले मूल्याङ्कनका आधारमा ९०.२८ प्रतिशत अंक सहित समग्र कार्यसम्पादनमा ए प्लस गरी तृतीय स्थान हासिल गरेको भन्दै कार्यालयलाई प्रशंसा पत्र सहित सम्मान गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौँमा भएको व्यवस्थापन गोष्ठीमा प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो ।
कार्यालयका प्रमुख कर अधिकृत ज्ञानहरी पन्थीले प्रशंसा पत्र ग्रहण गर्नुभयो । पन्थीले कार्यालयलाई यस स्थानमा पुराउन भूमिका खेल्ने जिल्लाका सम्पूर्ण करदाता महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
सो अवसरमा सचिव अर्जुनप्रसाद पोखरेल, सचिव(राजस्व) डा. रामप्रसाद घिमिरे र महानिर्देशक दीर्घराज मैनालीले अझ उत्कृष्ट कार्यसम्पादनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।