घरHeadlineविश्व बाघ दिवस : प्रभातफेरि देखि रक्तदान सम्म

विश्व बाघ दिवस : प्रभातफेरि देखि रक्तदान सम्म

 कावासाेति

आज विश्व बाघ दिवस । सन २०१० देखि नेपाले पनि अन्तर्राष्ट्रिय स्तरमा बाघ दिवस मनाेउँदै आएको छ । ‘मानव-बाघ सहअस्तित्व : संरक्षण हाम्रो दायित्व’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रमका साथ विश्व बाघ दिवस अाज नवलपुरमा विविध कार्यक्रम गरि मनाईएकाे छ । विश्व बाघ दिवसकाे अवसरमा विभिन्न संघ संस्थाहरुकाे सहकार्यमा नवलपुर पर्यटन समितद्वारा प्रभातफेरि देखि रक्तदान कार्यक्रम गरि सम्पन्न गरेकाेछ । प्रभातफेरिमा जिल्ला प्रहरी, संरक्षणकाे क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, नवलपुर उधाेग बाणिज्य संघ सहित सराेकारवाला संघ संस्थाकाे सहभागी रहेकाे थियाे । कार्यक्रमकाे अायाेजना नवलपुर पर्यटन समिति नवलपुरले गरेकाे थियाे । विश्व बाघ दिवसकाे उपलक्षमा अायाेजित रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान समेत गरेका थिए । करिब सय वर्ष अघि विश्वमा बाघको सङ्ख्या १ लाखको हाराहारीमा थियो ।

एक दशक अघिसम्म बाघको सङ्ख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यसको सङ्ख्या दोब्बर बनाउने लक्ष्य सहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो । सोहीअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको छ । नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा सङ्ख्या दोब्बर बनाउन गरेको सङ्कल्प पनि पूरा गरेको हो ।

सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । त्यहाँ १ सय २८ वटा बाघ छन् । त्यसै गरी बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ छन् । । गत वर्ष मङ्सिर १९ गते सुरु भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया