घरHeadlineनगरपालिकाले व्यवसाय कर बढाएको प्रति देवचुली उद्योग वाणिज्य संघको आपत्ती

नगरपालिकाले व्यवसाय कर बढाएको प्रति देवचुली उद्योग वाणिज्य संघको आपत्ती

एलिना केसी, देवचुली
देवचुली नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को व्यवसाय कर बृद्धि गरेको भन्दै देवचुली उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती निकाल्दै नगरपालिकालाई बुझाएको छ । शुक्रबार देवचुली उद्योग वाणिज्य संघका पदाधिकारीहरुको बैठकबाट नगरपालिकाले २०८०/०८१ मा ५० प्रतिशत देखि ५०० प्रतिशत सम्म व्यवसाय कर वृद्धि गरेको भन्दै सम्पूर्ण व्यवसायीहरुलाई कर नबुझाउन आवहान गरेको छ ।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य प्रसाद दवाडी ,महासचिव विनोद सिलवाल ,बरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने लगायतको टोलीद्वारा देवचुली नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख जिवलाल श्रेष्ठलाई विज्ञप्ती बुझाएको छ । विज्ञप्तीमा देवचुली नगरपालिकाले हालको विषम परिस्थितिमा अत्यन्त अव्यवहारिक ठहर गरेको भनिएको छ । यस्तो परिस्थतिमा सम्पूर्ण व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै हाललाई वृद्धि भएको वृद्धि कर दर पुनारावलोकन नभए सम्म आर्थिक बर्ष ०८०/०८१ को व्यवसाय कर नबुझाउन सम्पूर्णलाई आग्रह गर्दै उद्योग वाणिज्य संघ सधै व्यवसायीको पक्षमा रहेको बताइएको छ ।
साथै देवचुली उद्योग वाणिज्य संघले नगरपालिकालाई ध्यानकर्षण गराउँदै व्यवसायीहरुले बुझाउने कर पुनारावलोकन गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया