घरHeadlineशान्ति पुर्णजनक्रान्तिबाट स्थापित पाटि नेकपा एमाले हाे : एमाले पाेलिटव्युराे सदस्य के.सि

शान्ति पुर्णजनक्रान्तिबाट स्थापित पाटि नेकपा एमाले हाे : एमाले पाेलिटव्युराे सदस्य के.सि

नेकपा एमाले शान्तिपूर्ण जनक्रान्तिबाट स्थापित रहेकाे पाटि भएकाे महिला नेतृ एवम् नेकपा एमाले पालिटव्युराे सदस्य तथा नवलपुर जिल्ला ईन्चार्ज मना के.सि.(जिसि)ले बताउनु भएकाेछ । नेकपा एमाले नवलपुरकाे अाठाै पुर्ण बैठकमा बाेल्दै उक्त कुरा बताउनु भयकाे हाे । नेकपा एमालेले जनमुखि कार्य गरेकै कारण जनमत प्राप्त गरेर स्थापित पाटि बनेकाे बताउनुभयाे । उहाँले कुनै भ्रम, धाकधम्कि बाट स्थापित नभएकाे भन्दै जनताकै साथ र सहयाेगबाट समाजवाद ल्याउन सक्ने बताउनुभयाे । बैठकमा बाेल्दै महिला नेतृ केसिले पाटिमा अात्मधाति गाेल गर्ने अधिकार कसैसग नभएकाे बताउनुभयाे । उहाँले नेकपा एमालेले कम्युनिस्ट पाटि स्थापनाकाे हिरकबर्ष मनाउदै पाटि स्थापनाकाे समयमा महत्वपुर्ण भुमिका खेल्नुहुने व्याक्तित्वहरुलाई सम्मान गर्ने समेत बताउनुभयाे । उहाँले गत जेष्ठ १२ र १३ गते सम्पन्न केन्द्रीय कमिटीले गरेका निर्णय अा अाफ्नाे स्थानमा कार्यन्वयन गर्न निर्देशन समेत दिनुभयाे । बैठकमा निर्देशनात्मक भनाई राख्दै नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले केन्द्रीय पाटि कमिटीले गरेकाे निर्णय तदारुकताका साथ पूरा गर्न निर्देशन दिनुभयाे । त्यस्तै केन्द्रीय सदस्य रविन्द्र अधिकारीले देशमा समाजवादकाे अाधार निर्माण गर्न राष्ट्रिय पुजि निर्माण, स्वराेजगार र शिक्षामा जाेड दिदै सबैलाई मुल प्रभाहमा ल्याउनुपर्ने बताउदै देशकाे मुल प्रवाहकाे नेतृत्व नेकपा एमाले गर्ने बताउनुभयाे । त्यस्तै अर्का केन्द्रीय सदस्य कृष्ण पाैडेलले अाफैलाई अाफैले विश्वास गर्न नसके सामाजिक कार्यमा लाग्न नसकिने र त्यस्ता व्याक्तिबाट पाटि संगठन समेत सुदृढ हुन नसक्ने बताउनु भयाे । बैठकमा एमाले नवलपुर जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेकाे अध्यक्ष्ातामा सम्पन्न भएकाे थियाे । बैठकले पाटि संगठित सदस्य नविकरण तथा नयाँ सदस्यता वितरण कार्यलाई तिब्रता दिदै असार २० गते सम्म थप गर्ने निर्णय गरेको जिल्ला सचिव भिमलाल अधिकारीले बताउनु भयाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया