घरHeadlineकावासोतीमा तोकियो ट्याक्टरको भाडादर

कावासोतीमा तोकियो ट्याक्टरको भाडादर


कावासोती । नवलपुरको कावासोतीमा ट्याक्टरको भाडादर तोकिएको छ । वर्षाको समयमा खेत जोत्ने काम धेरै हुने र फरक फरक मूल्य हुँदा समस्या देखिएकाले नगरपालिकाको पहलमा ट्याक्टरको भाडादर कायम गरिएको नगरपालिकाका प्रवक्ता डोरमान गिरीले बताउनुभयो ।
कावासोती नगरपालिकामा आज नगर उप प्रमुख फूलकुमारी थनेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर भण्डारी, कृषि शाखाका प्रतिनिधि सहित , ट्याक्टर व्यवसायी समिति ,उपभोक्ता हकहित संरक्षण मञ्च ,किसान महासङ्घका प्रतिनिधि लगायतको उपस्थितिमा ट्याक्टरको भाडादर कायम गरिएको प्रवक्ता गिरीले बताउनुभयो ।

आज बसेको बैठकले कावासोती नगरपालिका भित्र ट्याक्टरले खेत जोत्दा कल्टीको प्रतिघण्टा २ हजार ४ सय र रोटाभेटरको दुई हजार ६ सय मूल्य कायम गरिएको प्रवक्ता गिरीले बताउनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया