नवलपुर
नवलपुरको गैँडाकोटमा सचाँइका लागि जम्मा गरिएको पानीको ड्याममा डुबेर दुई जना बालकको शुक्रबार मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर –४, झपर्दी बस्ने वर्ष १३ का प्रतिक परियार र सोही ठाउँका वर्ष १५ प्रविन श्रेष्ठको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक देव बहादुर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार गैँडाकोट नगरपालिका वडा नम्बर –३, तात्रीबास नजिकै सिचाँइका लागि जम्मा गरिएको पानीको ड्याममा डुबेर उनिहरुको मृत्यु भएको हो । साँझ नुहाउने क्रममा उनिहरु डुबेको हुनसक्ने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । राति करिब ८ बजे स्थानीयले बालकहरु डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।