घरHeadlineएक–एक गरि सबैलाई कानुनको दायरामा ल्याउने छु : रबि लामिछाने

एक–एक गरि सबैलाई कानुनको दायरामा ल्याउने छु : रबि लामिछाने

एलिना केसी
असार ५, २०८०

जनताको पसिना खाएर देशमा राज गर्ने नेताहरुलाई एक–एक गरि कानुनको दायरामा ल्याउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बताएका छन् । मंगलबार नवलपुर क्षेत्र नं १ को बृहत क्षेत्रीय भेलालाई सम्बोधन गर्दै लामिछानेले सबै भ्रष्ट्राचारीहरुलाई पालैपालो कानुनी कड्घरामा ल्याएरै छोड्ने प्रण गरेका छन् । उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताए ।
लामिछानेले आगामी निर्वाचनमा देशकै सबैभन्दा ठूलो दल बनेर देशलाई परिवर्तन तर्फ लैजाने बताएका छन् । उनले परिवर्तन चाहने जनतालाई घण्टी बजाएर स्वागत गर्ने मात्र नभई घण्टीको लोकप्रियतालाई देखेर पार्टीमा आउनेहरुलाई घण्टीले बजाउन पनि जानेको बताएका छन् । पार्टी भित्र आँफूहरुले कुनै नातावाद, कृपावाद, चाकडीवादलाई स्थान नदिएको बताउँदै नेपाली जनताले एउटा युग पर्खिएर प्राप्त गरेको आशा भएकाले यसलाई तोड्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
देशका तमाम मानिसहरुले परिवर्तन खोजिरहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी परिवर्तन गर्ने हुटहुटी लिएर जनता माझ आएको लामिछानेले बताए । पुराना पार्टीहरुले देशको भविष्य उज्जवल नहुने भन्दै अबको आशा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको लामिछानेले जिकिर गरे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया