मंगलबार, आषाढ ०५, २०८०
नवलपुर
प्रेसचौतारी नेपाल जिल्ला शाखा नवलपुरले पत्रकार महासंघ नवलपुरलाई ज्ञापनपत्र बुझाउदै ३ दिनभित्र कमजोरी सच्याउन अल्टिमेटम दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्धारा जारी सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरित गरिएको शुद्धीकरण र नयाँ सदस्यता सिफारिस गर्ने कार्यप्रति चौतारी नवलपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरको आज बसेको बैठकले आजका मितिले ३ दिनभित्र पत्रकार महासंघ नवलपुरले गरेको बिभेदपूर्ण निर्णय नसच्याए थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीलाई बुझाएको ज्ञापनपत्रमा राजनैतिक दलका पदाधीकारी, विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकहरु, लामोसमयदेखि पत्रकारिता नगरेका व्यक्ति,सञ्चारगृहको मालिक, बजार प्रतिनिधि लगायतका व्यतिहरुको सदस्यता नविकरण गरिनु पत्रकार महासंघको परिपत्र , विधान र नीति विपरित भएको उल्लेख छ ।
बहुमतको नाममा दम्भ देखाउँदै पत्रकार महासंघ नवलपुरले गैरपत्रकारहरुको नविकरण गर्ने र काम गरिरहेका पत्रकारहरुलाई सदस्यता वितरणमा बिभेद गरेपछि सर्वत्र आलोचना भएको छ ।
