नवलपुर
पूर्वी नवलपरासी आज पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना जिल्ला घाेषणा गरिएकाे छ ।
जन्मेदेखि १५ महिना भित्र बालबालिकाले लगाउनु पर्ने खाेप पूर्ण रूपमा लगाएकाे सुनिश्चित गरेपछि जिल्लालाई पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना जिल्ला घाेषणा गर्ने प्रचलन छ ।
साविक नवलपरासी जिल्ला देशमै दाेस्राे पूर्ण खाेप जिल्ला घाेषणा भएकाे थियाे । भने नेपालभर अहिलेसम्म ६३ जिल्ला पूर्ण खाेप जिल्ला घाेषणा भएकाे छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार पूर्ण खाेप घाेषणा भएका जिल्लाहरूमा हरेक बर्ष १५ बर्ष मुनीका बालबालिकाले पूर्ण खाेप लाएनलाएकाे पत्ता लगाई छुटेका बालबालिकालाई बाँकी खाेप लगाई हरेक बर्ष पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना जिल्ला घाेषणा गर्ने गरिन्छ । यस बर्ष नवलपुरका सबै पालिकाहरूले १६ महिनादेखि ५ बर्ष सम्मका बालबालिकाबीच गरिएकाे खाेजीमा नवलपुरमा १०२ जना बालबालिकाले पूर्ण खाेप लगाएकाे नपाईपछि उनीहरूलाई बाँकी खाेप लगाईएकाे थियाे ।
नवलपुरका सबै पालिकाहरूले आफ्नो पालिकाहरूलाई पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना पालिका घाेषणा गरेपछि आज जिल्लालाई घाेषणा गरिएकाे हाे ।
जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई बिसिजी, डिपिटी-हेपाटाईटिस बी-हिप, दादुरा-रूबेला, पाेलियाे, जापानिज ईसिफाईटिस, टाईफाइट, राेटा लगायतका खाेप लगाईने गरिन्छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका संयाेजक बाबुराम विकले नवलपुरलाई पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना जिल्ला घाेषणा गरेका थिए ।