घरHeadlineनवलपुर जिल्लामा ७० भन्दा बढी वडामा अभियान सम्पन्न

नवलपुर जिल्लामा ७० भन्दा बढी वडामा अभियान सम्पन्न

कावासोती, चैत्र १९

कावासोती, चैत्र १९
मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तरगत स्थानिय पालिका भित्रका वडाहरुमा तिब्रता पाएको छ । नवलपुर जिल्लामा हाल सम्म ९२ वडा मध्य करीव ७० भन्दा बढी वडाहरुमा अभियानले पुर्णता पाएको छ । जिल्लाको बुलिङटार गाउँ पालिकाको ६ बटै वडामा अभियान सम्पन्न भएको छ । अभियान अन्र्तगत जिल्लाका सबै जनवर्गीय संगठनहरुको सयुक्त बैठक सम्पन्न भएको छ । जिल्लाका अन्य ७ बटा पलिकामा पनि अभियान अन्तीम चरणमा पुगेको एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिनुभयो ।
अभियान अन्र्तगत आज गैडाकोट नगरपालिकाको नगर भित्र रहेका पाटीका केन्द्रिय सल्लाहाकार परीषद् सदस्य, प्रदेश कमिटि सदस्य , जिल्ला कमिटी पदाधिकारी एवम् सदस्यहरु, नगरका पदाधिकारीहरु बीच अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न पाटी नेतृत्वले खेल्नुपर्ने भुमिकाको बिषयमा समिक्षत्मक बैठक सम्पन्न गरेको छ ।
बैठकमा बोल्दै केन्द्रिय अभियान्ता जमिन्द्रमान घलेले अभियानले पाटीलाई तन्दुरुस्त र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभियानलाई अझ प्रभावकारी बनाउन नगरभित्रका केन्द्रिय नेतृत्व, प्रदेश कमिटि, जिल्ला कमिटिी र नगरका पदाधिकारीहरु जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गैडाकोट नगरपालिका भित्रका १७ बटा वडामा अभियान संचालन भई सकेको र वडा नं. ३ मा मात्र अभियान शुचारु हुन बाकी रहेको भन्दै अभियान सुरु भएका वडाहरुमा टोल कमिटि मार्फत अभियान प्रभावकारी बनाउन वडा र टोलको जिम्मेवारी पाएका कमरेडहरुले भुगोलमा खटेर लाग्न निर्देशन समेत दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाकार परिषद् सदस्य दिपक अधिकारी, प्रदेश कमिटि सदस्यहरु गोपेन्द्र केशरी न्यौपाने, देवकला वराल, जिल्ला कमिटि उप सचिव यमुनाथ आचार्य, सचिवालय सदस्य छत्र पौडेल सहित नगरपदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
अभियान अन्र्तगत आजै कावासोती नगरपालिका वडा नं. ६ मा आज विस्तारीत बैठक सम्पन्न भएको छ । विस्तारीत बैठकलाई सम्वोधन गर्दै केन्द्रिय अभियान्ता भिम कार्कीले ग्रासरुट अभियान मार्फत पाटी सदस्यता नविकरण तथा प्रदान गरीने, टोल कमिटिहरु गठन तथा पुर्नगठन गर्ने, पाटी सदस्यतालाई व्यवस्थित गर्ने , स्थानिय समस्याहरु बुझ्ने र सोको सामाधान गर्न पहल गर्ने जस्ले गर्दा पाटि प्रत्यक्ष रुपमा स्थानिय सग जोडिने बताउनुभयो । भेलामा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य पद्मा जि.सि.ले पाटीलाई चलायमान बनाउन र पाटीलाई तल्लो तह सम्म पुर्‍याउन अभियान संचालन गरीएको बताउनुभयो ।विस्तारीत बैठकमा एमाले प्रदेश कमिटि सदस्य हुमनाथ सुवेदी, बाबुराम विश्वकर्मा, जिल्ला उप सचिव भिम कण्डेल , नगर अध्यक्ष रामकृष्ण ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो । कावासोती नगरपालिका भित्रका १० वडाहरुमा अभियान संचालन भएका छन भने टोलहरुमा समेत अभियान संचालन भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया