घरHeadlineविश्वमाता गौशलालाई चापट सहयोग

विश्वमाता गौशलालाई चापट सहयोग

कावासोती, फागुन २८


कावासोति३ मा रहेको विश्वमाता गौशलालाई मध्यविन्दु क्याम्पस टोलमा रहेको मध्यविन्दु छिमेकि समुहद्वारा १० बोरा चापट सहयोग गरेको छ ।आज कावासोती(०३ स्थित मध्यबिन्दु छिमेकी समूह अध्यक्ष गंगाराम न्यौपाने, उपाध्यक्ष केशव राज गैरे, सचिव कृष्ण चन्द्र गिरी , समुहको सल्लाहकार एव वडा नं का अध्यक्ष डोरमान गिरी र वडा नं ३ सदस्य ऋषि बस्ताकोटिको रोहवरमा बिश्वमाता गौशालालाई १० बोरा चापट हस्तान्तरण गरेका थिए ।
कावासोति ३ मा रहेको गौशालामा छाडा छोडिएका स्थानीय जातको गाईहरुको संरक्षण गरिदै आएको छ । उक्त गौशालालाई विभिन्न क्षेत्रका व्याक्ति तथा संघ संस्थाहरुले गाईको लागि आवश्यक पराल, दाना चापट सहयोग गर्दै आईरहेका छन । हाल गौशालामा रहेका गाईहरुलाई खुवाउन पराल र दाना, चापटको समस्या भएकोले सहयोग गरिदिन गौशाला समितिले आग्रह गरेको र सोहि अनुरुप मध्यविन्दु छिमेकि समुहले १० बोरा चापट सहयोग गरेको गौशालाका समितिले बताएका छन । हाल उक्त गौशालामा १ सय जति गाई तथा बाच्छिहरु रहेका छन ।
क्बनबच

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया