घरHeadlineएमाले नवलपुरले थाल्यो ‘मिसन ग्रासरुट’अभियान प्रभावकारी बनाउन पालिका बैठक भेला सम्पन्न गर्दै

एमाले नवलपुरले थाल्यो ‘मिसन ग्रासरुट’अभियान प्रभावकारी बनाउन पालिका बैठक भेला सम्पन्न गर्दै

कावासोती


नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरले ‘मिसन ग्रासरुट’ अभियानलाई तिब्रता दिएको छ । गत फागुन १३ गते शनिबार पार्टी जिल्ला कमिटीकोबैठक सम्पन्न गरी अभियानलाई अगी बढाउन वडा स्तर सम्मको जिम्मेवारी तोकिएको एमाले जिल्ला सचिब भीमलाल अधिकारीले जानकारी दिनुभयो । एमाले केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज पदमा अर्यालको सहित, पार्टीका केन्द्रीय सदस्यहरु, मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) का लागि पार्टी केन्द्र र प्रदेश बाट अभियान्ताको रुपमा खटिनुभएका पार्टीका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागीता रहेको जिल्ला सचिब अधिकारीले बताउनुभयो । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्य सहित कार्यक्रमको थालनी गरेको छ ।

एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले पार्टी प्रशिक्षणको माध्यमले अवसरवादमुक्त बनाउन ग्रासरुट अभियानको रुपमा सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष पाण्डेका अनुसार हाल सम्म देवचुली नगरपालिका,गैंडाकोट नगरपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिका कमिटीमा अभियानलाई प्रभावकारी रुपमा अगी बढाउन पालिका कमिटिको बैठक सम्पन्न गरीएको र फागुन २९ गते सम्म सबै पालिकाको बैठक सम्पन्न गरी सकिने बताउनुभयो । पार्टी केन्द्र र प्रदेशको निर्देशन अनुसार मिसन ग्रासरुट दुई महिने अभियान सञ्चालन गर्न पार्टी केन्द्र र प्रदेशले खटाएका नेताहरूको साथमा जिल्ला कमिटिका नेताहरुाई वडागत रुपमा जिम्मेवारी प्रदान गरीएको बताउनुभयो । पालिकाहरुको बैठक सम्पन्न सगै वडा गतरुपमा पठाईएका प्रतिनिधीहरुले जिम्मेवारी प्राप्त वडाहरुमा गई अभियान संचालन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो । अभियान दुई महिना सम्म संचालन हुने अध्यक्ष पाण्डेले बताउनुभयो । ग्रासरुट अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिनुभयो । अभियानको क्रममा पाटी सदस्यता नविकरण तथा प्रदान गरीने, टोल कमिटिहरु गठन तथा पुर्नगठन गर्ने, स्थानिय समस्याहरु बुझ्ने र सोको सामाधान गर्न पहल गर्ने जसले गर्दा पाटि प्रत्यक्ष रुपमा स्थानिय सग जोडीने अध्यक्ष पाण्डेको भनाई छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया