उद्योगी, व्यवसायी र प्रशासन एक आर्काका परीपुरक रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनु भएको छ । नवलपुर उद्योग बाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लम्सालले जिल्ला प्रशासनले गर्ने अनुगमन, विपत व्यावस्थापन लगायतका कार्यमा उद्योग बाणिज्य संघ सगंको सहकार्यमा हुने भएकोले उद्योगी, व्यवसायी र प्रशासन एक आर्काका परीपुरक रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी लम्सालले आफु नवलपुर जिल्लाको माटो सगं परीचित भएको र जिल्लकै महत्वपुर्ण रहेको नमुना सदरमुकाममा निर्माणको कार्यलाई पुरा गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो ।
लम्साल धार्दिङ जिल्ला बाट गत बुधबार नवलपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आई पुग्नु भएको थियो ।
स्वगत तथा सम्मान कार्यक्रम नवलपुर उद्योग बाणिज्य संघका नि वर्तमान अध्यक्ष डासुराज पोख्रेललको अध्यक्षता, बाणिज्य संघका उपाध्यक्षको स्वागत मन्तव्य र संघका महासचिव सागर पोख्रेलको सहजीकरणमा भएको थियो । कार्यक्रम संघको सभा हलमा सम्पन्न भएको थियो ।