घरHeadlineनवलपुरमा ६८ सिसीटिभी क्यामेरा नचल्ने अवस्थामा

नवलपुरमा ६८ सिसीटिभी क्यामेरा नचल्ने अवस्थामा


नवलपुरमा जडान गरेको ११५ वटा सिसीटिभी मध्ये ४७ वटा मात्र चल्ने अवस्थामा रहेको छ । विभिन्न १० स्थानमा ११५ वटा सीसीटिभी क्यामेरा जडान गरिएको मध्ये ४७ वटा मात्र सिसीटिभी चलेको र अन्य नचल्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले बताउनु भयो । सीसीटिभी नचल्दा अनुसन्धानमा असहज भएको प्रहरीले जनाएको छ । लागु औषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न साथै अपराधिक घटनाको अनुसन्धानमा सहज बनाउन नवलपुरका मुख्य, नाकाहरूमा अत्याधुनिक प्रणाली सहित सीसीटिभी जडान गरिएको थियो तर. समय समयमा आउने हावाहुरी, पानी, चट्याङ र नारायणघाट बुटवल सडक विस्तारका कारण बिग्रिएर बसेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार भारतीय नाका नजिक रहेको कारण लागु औषध ओसारपसार तथा कारोबार समस्या बढ्दै गएको छ । उहाँले भन्नुभयो सीसीटिभी नचल्दा अपराध गरेर र दुर्घटना गराएर सवारी भाग्ने गरेका छन् ।
जिल्लामा जडान गरिएका सबै सीसी क्यामराको छिटो मर्मत गरि संचालनमा ल्याइने समेत प्रहरी प्रमुख तिवारीले बताउनु हुन्छ । अपराधिक गतिविधि निगरानीका लागि आर्थिक वर्ष ०७८÷०७९ मात्र गैडकोटमा १३. देवचुलीमा २ मध्यविन्दुमा ७ गरि २२ को वटा जडान गरिएको छ । त्यस्तै ०७९÷०८० को हालसम्म कार्यालय परिसरमा ८ र गैंडाकोटमा ३ गरि ११ वटा जडान गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय पोखराले आफ्नो प्रदेशको प्रवेश नाकाहरूमा सुरक्षा व्यवस्था कडा बनाउँदै सडकमा हुने घटना तथा दुर्घटना न्यूनिकरण गर्न अत्याधुनिक सीसीटिभी जडानमा सहयोग गरेका छन् ।
अहिले जडान गरिएको ठाउँबाट ढेड देखि २ सय मिटरसम्म पनि क्लिएर अब्जेक्ट दिने गरेको प्रहरी प्रमुख तिवारीले बताउनुभयो दुर्घटना गराएर भाग्ने सवारी साधनहरू तथा ट्राफिक नियम उल्लघंन गर्नेहरूलाई पहिचान गर्न पनि यसले ठूलो मद्दत मिल्ने गरेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया