नवलपुरको कावासोतीमा लागुऔसद सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले मंगलबार कावासोती १६ चालिसकिलो स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आँउदै गरेको भे१ख २९१९ नं.को बसमा सवार जिल्ला चितवन भरतपुरमहा नगरपालिका. वडा नं.१२ बस्ने वर्ष ३९ को राजकुमार थापालाई पक्राउ गरेको छ । गाडीमा सवार थापालाई शंका लागि चेकजांच गर्ने क्रममा निजको साथमा रहेको कालो रंगको झोला भित्र २७ एम्पुल नुर्फिन,२७एम्पुल फेनारागन र २७ एम्पुल डाइजापाम बरामद गरी ला.औ.सहित निज लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।