कावासोती, मंसिर २८
चालु पूंजी निर्देशिकाका कारण अन्यौलको अवस्था सृजना भएको छ भने बैंक वित्तीय संस्थाहरु असुलीका नाममा बैंकिङ आतंक मच्चाईरहेको भन्दै ब्याज दर अविलम्ब एकल अंक हुनेगरी घटाउन, व्यवसायीहरुलाई मानसीक तनाव दिने प्रवृतिको अन्त्य गर्न, व्याज तिर्ने समय सिमा बढाउन, विभिन्न शिर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी र मनासिब बनाउन कर्जाको ब्याज दर पुन ः संरचना गर्न बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रकृयाहरु तत्काल रोक्न, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न ध्यानाकर्षण गराउदै नवलपुर जिल्ला भित्र रहेका उद्योग बाणिज्य बाणिज्य संघहरुले जिल्ला भित्र रहेका बैक तथा वित्तिय संस्थाहरुलाई सउ’क्त रुपमा ज्ञापन पत्र बुझाएका छन ।

मुलुकमा पछिल्लो समय चुलिदै गएको आर्थिक संकटका बीच जसरी भएपनि मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झन समस्याग्रस्त बनाउने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन–२०७९ र त्यही मार्गनिर्देशनको आडमा आर्थिक मन्दीको अवसर छोपेर निजी क्षेत्रलाई धराशाही बनाउने गरी बैंकहरुको सिन्डीकेटले गरिरहेको कडिकडाउ प्रति नवलपुका उद्योग वाणिज्य संघहरुले सयुक्त रुपमा ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको नवलपुर उद्योग बाणिज्य संघका महासचिब बुद्धिसागर पोख्रेल(सागर)ले जानकारी दिनुभयो ।
नवलपुर उद्योग बाणिज्य संघ सहित जिल्लाका ४ बटै उद्योग बाणिज्य संघले दोस्रो चरणको आन्दोलन अन्र्तगत बुधबार जिल्लामा रहेका बैक तथा वित्तिय संस्थाहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । आन्दोलन अन्र्तगत पुष ५ गते धर्ना तथा हस्ताक्षर संकलन र पुष ६ गते विरोध ¥याली र संकलित हस्ताक्षर प्रधानमन्त्री, अर्थमन्त्री र गर्भर्नरलाई जिल्ला प्रसासन कार्यालय मार्फत बुझाउने कार्यक्रम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
ज्ञापन पत्रमा निक्षेप व्याजदर बढाउदैमा निक्षेप बढ्ने भन्र्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १–२ प्रतिशत मात्र थप गरी लिन पाईने गरी लगानी योग्य पूँजीको शिघ्र व्यवस्थापन, बैंकहरुको खर्च न्यून गरी स्पेड दर ३ प्रतिसत भित्र रही जोखिमका आधारमा आधार दरमा बढिमा २ प्रतिसत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था, बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल. सी. नेगोसियसन शुल्कमा दोब्बर बृद्धिलाई अन्त गरी गत वर्षको भन्द बढी लिन नपाईन, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पूर्ण तालिकिकरण गरी, व्याज बुझाउने म्याद ३५ दिन सम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रकृयालाई हाल स्थगित गन र हालको वाह्य र आन्तरिक कारणको असहज समय उपयुक्त नभएकोले चालु पुँजी कर्जा निर्देशिका स्थगितको माग गरीएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले बताउनुभयो ।
ज्ञापन पत्रमा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल, मध्यविन्दु उद्योग बाणिज्य संघका अध्यक्ष केदार पराजुली, देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य दवाडी र गैडाकोट उद्योग बाणिज्य संघका सचिब सुरेन्द्र तिवारीद्धारा हस्ताक्षर गरीएको थियो ।
ज्ञापन पत्र बुझ्दै बैकर्श एशोसेशन कावासोतीका अध्यक्ष एवम् एन.सि.सि. बैकका शाखा प्रवन्धक कुमार बास्तोलाले व्याजदर बृद्धिका कारण व्यावसायीलाई मर्का परेको भन्दै उद्योगी, व्यावसायीहरुको मागलाई सम्वन्धित निकायमा पठाउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
