घरHeadlineबलेरोको ठक्करबाट एक जनाको निधन

बलेरोको ठक्करबाट एक जनाको निधन

कावासोती, मंसिर २५
नवलपुर
पूर्वी नवलपरासीको कावासोतीमा बलेरोको ठक्करबाट सनिबार एक जनाको निधन भएको छ ।
सनिबार साँझ कावासोती नगरपालिका ८ थकाली चोकमा स्थानीय ५२ बर्षीय पुरुष गंगादत्त पाध्यलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको बा १० च ६७१७ नम्बरको बलेरोले पैदल यात्री स्थानीय गंगादत्त पाध्यलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते पाध्यको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।
ठक्कर दिने बलेरो र बलेरो चालक प्रहरी नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी सनिबारनै पूर्व नवलपरासीको देवचुली नगरपालिका २ हमाल चोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन् ।
सनिबार साँझ गण्डकी प्रदेश ०३–०३–००४– प ७८९६ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६० बर्षीय टिकाराम घर्ती मगर घाइते भएका हुन् ।
दुर्घटनामा परी घर्ती मगर गम्भीर घाइते भएको र उनको देवचुली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया