कावासाेति , मंसिर११
हिजो देखि मध्यविन्दु जिल्ला अस्पतालमा नि शुल्क आखा शिविर भोली सम्म संचालन हुने छ । रोटरि क्लव अफ कावासोतिको आयोजना र तिलगंगा आखा अस्पतालको प्रविधिक सहयोगमा हिजो देखि नि शुल्क आँखा शिविर संचालन भएको थियो । शिविरको पहिलो दिन अनुमानित ३०० जनाको जनाको आँखा परिक्षण गरिएकोमा दोस्रो दिन सम्म आईपुग्दा ७ सय ५० जनाको आखा परिक्षण गरिएको आयोजक संस्था रोटरि क्लव अफ कावासोतिका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेलले जानकारी दिनुभयो ।

शिविरको पहिलो दिन ७६ जनाको निशुल्क मोतियाबिन्दुको सल्यक्रिया गरिएकोमा दोस्रो दिन सम्म आईपुग्दा २५० जनाको सल्यक्रिया गरिएको संस्थापक अध्यक्ष पोख्रेलले जानकारि दिनुभयो ।हिजो देखि शुरु भएको आखा शिविर १३ गते अर्थात भोलि सम्म संचालन हुने आयोजकले बताएको छ ।
