सामथ्र्य डेक्स
गत मंसिर ४ गते नवलपुर जिल्लामा सम्पन्न संघ र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परीणाम सार्वजनिक भएको छ । अन्तिम मत परीणाम अनुसार विगतको निर्वाचनमा विजयी गरेको २ स्थान बाहेक अन्य क्षेत्रमा पुरानै दलका उम्मेदवार विजयी भएका छन ।
दुई बटा संघ र ४ बटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा २ बटै संघीय निर्वाचनमा नेपाली काग्रेसले जीत हासील गरेको छ भने ४ बटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा ३ नेकपा एमालेले र १ बटा नेपाली काग्रेसले जीत हासील गरेको छ । निर्वाचन परीणाम हेर्दा नवलपुरमा गठवन्धन दलहरु मध्ये नेपाली काग्रेसलाई फाइदा पुगेको छ भने गठवन्धनके सहयात्री दलहरु माओवादी केन्द्र र एकिकृत समाजवादीलाई भने धाटा भएको छ । ६ बटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा गठवन्धनका दल मध्य नेपाली काग्रेस बाहेक अन्य दलले विजयी प्राप्त गर्न सकेन्न ।
नवलपुर क्षेत्र नं. १ बाट शसाङ्क कोइराला र क्षेत्र नं. २ बाट बिष्णु कुमार कार्की विजयी भएका छन । क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेलललाई २०२० मतले पछि पार्दे कोइराला विजयी भएका हुन भने क्षेत्र नं. २ मा नेकपा एमालेका तिल बहादुर महत क्षेत्रीलाई २०२२ मतले पछि पार्दै कार्काी विजयी भएका हुन । ०७४ को निर्वाचनमा एमाले महतले कार्कीलाई पराजय गरेका थिए ।
२०७४ को निर्वाचनमा हार व्यहोरेको नेपाली काग्रेस नवलपुर क्षेत्र नं. २ मा २०७९ को निर्वाचनमा जीत हासील गरेको छ भने । ०७४ मा पराजय भोगेको नवलपुर क्षेत्र नं. २ को १ को प्रदेश सभा निर्वाचनमा यस पटक नेकपा (एमाले)ले विजयी हासील गरेको छ ।
क्षेत्र नं. १ प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र ध्वज जि.सी . १ हजार माथीको मतान्दरले विजयी भएका हुन् । जि.सीले १५ हजार १ सय ३७ प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार रबिन्द्र अधिकारीले १३ हजार ९ सय ८७ मत ल्याएका थिए ।
त्यसैगरी प्रदेश २ मा भने नेकपा एमालेका उम्मेदवार रोशन बहादुर गाहा भारी मतान्तरका साथ विजयी भएका छन् । गाहाले सत्ता गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार लोक प्रसाद भुर्तेललाई ३ हजार माथीको मतान्तरले पराजीत गरेका हुन् । एमाले उम्मेदवार गाहाले १७ हजार ८ सय २३ मत प्राप्त गर्दा भुर्तेले १४ हजार १ सय १० मत प्राप्त गरेका थिए । नवलपुरको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा तर्फ दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । प्रदेश सभा २ एक मा नेकपा एमालेकी पदमा जिसी श्रेष्ठ विजयी हुनुभएको छ भने , ९ २ दुईमा नेकपा एमालेका लक्ष्मण पाण्डे विजयी हुनुभएको छ । दुवै जनाले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेका हुन् । २ एकमा पदमा जीशीले १९ हजार ३ सय ७८ ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याउनुभयो ।
त्यसैगरी प्रदेश २ दुईमा एमालेका लक्ष्मण पाण्डले १८ हजार ८ सय ६ मत ल्याउनुभयो भने , उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत ल्याउनुभयो ।