घरHeadlineदैनिक उपभाेय सामान सहित सवारि साधन नियन्त्रणमा, महिला बालबालिकाको बिचल्ली

दैनिक उपभाेय सामान सहित सवारि साधन नियन्त्रणमा, महिला बालबालिकाको बिचल्ली

मध्यविन्दु ७ चोरमाराबाट प्रहरीले चामलका केहि बोरा नियन्त्रणमा लिएको छ । मध्यविन्दु १३ र १४ का पहाड़ी क्षेत्रमा खाध्यन्नका लागि लैजान लागेको चामल निर्वाचनलाई प्रभावित पार्न प्रयोग गर्न खोजिएको आशंकामा प्रहरीले नियन्त्रण गरेको हो । चोरमारा क्षेत्रमा हरेक हप्ताको मंगलवार र शनिबार साप्ताहिक हाट बजार लागने गर्दछ । बजार लागेका बेलामा सस्तो पाइने र टोलका सबै घरकाले खरीद गरी लगे ढुवानी खर्च समेत कम हुने भन्दै हरेक हप्ता बोलेरो जीपमा लैजाने मध्यविन्दु १४ का स्थानीयले बताएका छन् । भोली निर्वाचनको दिन भएकाले मातादातालाई प्रभावित पार्नलाई लागेको हुणा सकने भन्दै तम्सरिया प्रहरीले भने खाध्य वस्तु नियन्त्रणमा लिएको हो । अहिले प्रहरी चौकी चोरमारामा प्रहरी र गाउँले पक्षबीच सामान्य विवाद चलिरहेको छ । यस विषयमा हामीले प्रहरीलाई सम्पर्कमा ल्याउन खोज्दा छलफल चलेको भन्दै थप कुराकानी भने हुन सकेन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया