पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड निर्माणमा सुरु भएको करिब ४ बर्ष पुरा भएकको छ । आर्थिक वर्ष २०७५र०७६ मा ठेक्का सम्झौता भएर २०७९ साउन महिना भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का संझौता भएको थियो । तर पनि अहिलेसम्म यो सडक खण्डको विस्तार कार्य २० प्रतिशत पनि हुन सकेको छैन ।चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु। १६ अर्ब ९९ करोड लागतमा ठेक्का संझौता गरेको थियो । ठेकेदार कम्पनीको चरम लापरबाही कारण चार वर्षमा २० प्रतिशत मात्र प्रगति भएको बताइएको छ । निर्माण कार्यमा चरम रुपमा ढिलाई भएकै कारण राजमार्ग भएर चल्ने सवारी साधन र यात्रुले निकै सास्ती खेप्दै आएका छन । एक सय १३ किमी दुरी पार गर्न ५–७ घन्टा समय लाग्ने गरेको गुनासो सवारी चालकहरुको रहेको छ । धुलो, धुँवा र प्रदुषणका कारण सडक छेउ वरपर बसोवास गदै आएका स्थानीय बासिन्दा ठुलो मर्कामा परेको बताइन्छ ।
स्थानीय तहको द्रोस्रो कार्याकालको निर्वाचनको पछि स्थानीय तहको निरन्तर दबाब र सडक विभागको ठेक्का तोड्ने चेतावनी पछि सडक मर्मत र स्तरोन्नतिको काम धमाधम सुरु गरिरहेको थियो । नारायणगढ दाउन्ने सडक खण्डमा सडक विभाग, देवचुली नगरपालिका, कावासोती नगरपालिका र ठेकेदार कम्पनी बिचको सहकार्यमा सडक मर्मत र स्तरोन्नतिको कामले तिव्रता पाएको थियो । तर केहि दिन यता जिल्ला प्रशासन कार्यालय नवलपुरको अवरोधको कारण सडक मर्मत र स्तरोन्नतिको काम ठप्प भएको छ ।
सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापाले एउटा फेसबुक स्टाटस लेख्दै समन्वयकर्ताको जिम्मेवारी पाएको निकायले अवरोध गर्नु अत्यन्त दुखद् रहेको बताएका छन् । उनले लेखेका छन्, सबैलाई दुख भयो भनेर निर्माण कम्पनिलाई दबाव सृजना गरेर सडक बनाउन चाहिने ढुंगा, गिट्टी, बालुवा र माटो हामीले कावासोती र देवचुली न.पा. बाट नियमानुसारको राजस्व तिरेर माटो र सवबेसमा काम नलाग्ने तर माटो कै रुपमा उपयोग हुने नदीजन्य पदार्थ ल्याउदा प्रशासनबाट अवरोध आएको अवस्था छ, हिजो देखि काम ठप्प छ ।