नेपाल कम्युनिस्ट पार्टी (एमाले) नवलपुर क्षेत्र नं.-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण पौडेलले एमालेको सरकार आएपछि नवलपुर जिल्लाका पहाडी क्षेत्रहरू पर्यटकले भरिने बताएका छन। ढोडेनिमा आयोजित पार्टी कार्यक्रममा बोल्दै नवलपुर जिल्ला पर्यटनको दृष्टिकोणले सबैभन्दा सम्भावना रहेको जिल्ला भएको र अहिलेसम्म विकासका पुर्वाधार तथा प्रचारप्रसारको कमिका कारण ओझेलमा पर्दै आएको बताउनु भयो ।
नवलपुरमा जलयात्रा , जंगल सफारी गरि विश्वकै दुर्लभ एक सिंगे गैडा , पाटेबाघ लगाएतका जंगली जनावरहरू देख्न पाइने । थारू ,मगर , गुरूङ , बोटे होमस्टे सञ्चालनमा रहेका र धार्मिक तथा साँस्कृतिक रूपमा धनी रहेको , देवचुली जस्तो जिल्लाकै ठूलो पहाड लगायत थुप्रै पहाडी क्षेत्रहरूमा पर्यटनको सम्भावना रहेको र विगत लामो समय सम्म केही काम नभएकोमा दुख व्यक्त गर्दै अब नवलपुर पर्यटकले भरिने र रोजगार तथा होटल , होमस्टे लगायतका व्यवसाय सञ्चालन गरि बिकास गर्ने बताउनु भयो ।
जनताको समस्या जनताको प्रतिनिधिले तीन तहको सरकार मार्फत पूरा गर्दै जनता र राष्ट्र प्रति उत्तरदायी भइ काम गर्ने । आफू स्थानीय भएको र यसपटक एकपटकका लागि यहाँको विकासका लागि जनताले सूर्यमा भोट गर्नेअवस्था रहेको र जित पक्का भएको भन्दै परिवर्तनका लागि एमालेलाई जिताउन लाग्नका लागि सबै कार्यकर्ता हरूलाइ निर्देशन समेत दिदै दुनियाँका देश विकास गर्ने नेपाली युवा अब देशमा नै रहि अब आफ्नो देश आफै बनाउ भन्ने अभियानमा लाग्नुपर्ने र यसका लागि नेकपा(एमाले) तयार रहेको पौडेलले बताए ।