कावासोती, असोज ३१
नेकपाएमाले नवलपुरले पाटी संगठित सदस्यबाट आर्थिक संकलनगर्ने भएको छ । आसन्नमंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचन परीचालनकालागीनवलपुर जिल्लाभित्र रहेका पाटी संगठित सदस्यबाट आर्थिक संकलनगर्ने र पाटी संगठितबाट संकलित सहयोगबाट निर्वाचन परीचालन निर्णय गरेको छ । आज सम्पन्न नेकपाएमाले जिल्लानिर्वाचन परिचालन कमिटी सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपाएमाले जिल्लाप्रचार विभागप्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो । एमालले गत सम्पन्ननिर्वाचनहरुमा समेत पाटी संगठित सदस्यहरुबाट आर्थिक संकलनगर्ने गरेको थियो । नेकपाएमालेले पाटी केन्द्रिय कमिटिले २०७० सालमा संचालन गरेको मेचिकालीजागरण अभियानमा समेत नवलपुर एमालेले अभियानमा सहभागीहरुलाई पाटी संगठित सदस्यको घरमा नै आस तथाखानको व्यावस्थापन गरेको थियो ।
बैठकले आसन्नमंसिर ४ को निर्वाचनकालागी नेकपाएमाले गण्डकी प्रदेश सल्लाहाकार समिति संयोजकजनलालश्रेष्ठको संयोजकत्वमा ८ सदस्यअनुगमन समिति गठन गरेको छ । जस्को सदस्यहरुमाएमाले गण्डकी प्रदेश सचिवालय सदस्यहरु जीवनश्रेष्ठ , टंकमणि पौडेल, गोपेन्द्र केशरि न्यौपाने, पुर्ण प्रकाशविक , कृष्ण घिमपरे, हरि प्रसाद न्यौपाने , पदमराजलम्साल रहनुभएको प्रचार विभागप्रमुखपोख्रेलले बताउनुभयो । बैठक प्रतिवद्धता पत्रप्रकाशन, मतदातानामावलि छपाई, स्वयम् सेवक परिचालन र जिल्ला स्तरिय छपाई तथाप्रकाशन समितिको संयोजन पाटी कार्यालयलाई जिम्मेवारी प्रदान गरेको छ भने मिडिया परीचालनतथाप्रचार प्रशारका लागीजिल्लाप्रचार विभाग र प्रेस चौतारी नेपाललाई जिम्मेवारी प्रदान गरेको छ ।
बैठकले गत बैशाखमा सम्पन्न स्थानियतहनिर्वाचनमा कारवाहि गरेका केही पाटी सदस्यहरुलाई फुकुवा समेत गरेको छ । फुकुवा पर्नेहरुमा गैडाकोट नगरपालिकाकालालवहादुर आले, प्रेम पाठक, रुद्र अधिकारी,मेधराज सुवेदि रहनु भएको छ भने कावासोतीनगरपालिकाका चेत प्रसाद डुम्रे, सुशीलपौडेल र गोविन्द पाण्डे रहनु भएको छ । त्यस्तै बैठकले पाटी विधानविपरीत कार्य गरेको भन्दै जिल्ला सल्लाहाकार सदस्ययदु नाथसिग्देललाई पाटीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
बैठक नेकपाएमाले जिल्ला कमिटि अध्यक्षमुक्ति राम पाण्डेको अध्यक्षताएवम् नेकपाएमाले केन्द्रिय सदस्यतथानवलपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यपदकाउम्मेदवार तिलकमहतको प्रमुखआतिथ्यता र नेकपाएमाले केन्द्रिय सदस्यतथानवलपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यपदकाउम्मेदवार कृष्ण पौडेल, नेकपाएमाले केन्द्रिय सदस्यतथानवलपुर निर्वाचन क्षेत्र नं. २ क प्रदेश सभा सदस्यपदकाउम्मेदवार रविन्द्र अधिकारी, एमाले केन्द्रिय लेखाआयोग सदस्यतथा नेकपाएमाले केन्द्रिय सदस्यतथानवलपुर निर्वाचन क्षेत्र नं. २ क प्रदेश सभा सदस्यपदकाउम्मेदवार पद्माश्रेष्ठ, नेकपाएमाले गण्डकी प्रदेश सचिवालय सदस्यतथानवलपुर निर्वाचन क्षेत्र नं. २ ख गण्डकी प्रदेश सभा सदस्यपदकाउम्मेदवार रोशनबहादुर गाहा र नेकपाएमाले गण्डकी प्रदेश सभा सदस्यतथानवलपुर निर्वाचन क्षेत्र नं. २ ख गण्डकी सभा सदस्यपदकाउम्मेदवार लक्षमण पाण्डे सहितको उपस्थिती रहेको थियो ।