घरHeadlineनवलपुरमा ७६ जनाको उम्मेदवारी दर्ता

नवलपुरमा ७६ जनाको उम्मेदवारी दर्ता

त्यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ पाँच जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेल, नेपाल लोकतान्त्रिक पार्टीका अम्मरबहादुर धामी, माओवादी केन्द्रका बालकृष्ण गैरे, कांग्रेसका विष्णुकुमार कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका सिंहबहादुर थापा, एमालेका तिलबहादुर महत क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका बुद्धिराम थनेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका विषुप्रसाद शर्मा, मङ्गोल नेशनल अर्गनाइजेशनका ज्ञानबहादुर कुमालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने बालकृष्ण कुँवर जोगी, मुक्तिप्रसाद पाण्डेय, सागर पाठक, लालबहादुर मल्ल, रामप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नं २ को प्रदेशसभा (क) मा तीन स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेमा मौलिक जरोकिलो पार्टीबाट लक्ष्मीकान्त रिमाल, हाम्रो नेपाली पार्टीबाट यदुनाथ सिग्देल, माओवादी केन्द्रबाट सौगमकुमार सिरपाली विक, राष्ट्रिय जनमुक्ति पार्टीबाट थामबहादुर गाहा, एमालेबाट पदमा जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुनबहादुर आलेमगर, कांग्रेसबाट विष्णुप्रसाद लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट निकिता श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट हर्कबहादुर डिसुवा मगर र नेपाली कांग्रेस (वीपी)बाट हेमराज गुरौंले उम्मेदवारी दर्ता गराउनुभएको छ भने योग मल्ल, चेतनाथ पोख्रेल र प्रेमनारायण पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मोहनसिंह थापा वकावल, नेपाली कांग्रेस (वीपी) बाट रामचन्द्र भण्डारी, एमालेबाट लक्ष्मणबहादुर पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट युवराज कुमाल, नेकपा (एस) बाट डा गोपालप्रसाद खनाल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट लालबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने विनयीत्रिवेणीका रोशन केसी, मध्यविन्दुका दामोदर न्यौपाने र सुरेश कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रासस

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया