कावासोतीमा श्रीमानको कुटपिटबाट ३९ वर्षिय महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ११ बुढौलीकुना बस्ने वर्ष ४०।४१ को राजु बि.क.ले आफनो श्रीमती वर्ष ३९ की माया विश्वकर्मालाई कुटपिट गरेका थिए । उनको नाक र मुखबाट रगत आएको थियो र उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो । उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको हो । कुटपिट गर्ने व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।