
कावासोती , असोज २४
नेकपा एमालेले मंसिर ४ गर्तचनका लागी निवर्तमान सासद देखी सभाषद्लाई उम्मेदवार बनाएको छ । एमालेले नवलपुर क्षेत्र नं. १ मा सभाषद् समेत रहेका कृष्ण पौडेल र २ बाट निबर्तमान सासद तिलक महतलाई उम्मेदवार बनाएको छ । त्यस्तै क्षेत्र नं १ को क मा एमाले केन्द्रिय सदस्य एवम् राष्टिय युवा संघ नेपालका पुर्व महसचिब समेत रहेका युवा नेता रविन्द्र अधिकारी र ख बाट निवर्तमान गण्डकी प्रदेश सभा सदस्य समेत रहेका रोशन बाहादुर गाहा मगरलाई पुन उम्मेद्वार बनाएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. २ को क बाट नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य एवम् महिला नेतृ पद्मा जि.सी. श्रेष्ठ र लक्षमण पाण्डेलाई उम्मेद्वार बनाएको छ ।


क्षेत्र नं. १ बाट उम्मेदवार बनेका कृष्ण पौडेल दोस्रो संविधान सभा निर्वाचनमा हालका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीलाई पराजीत गर्दै सभाषद बनेका थिए ।
त्यस्तै क्षेत्र नं. २ का उम्मेदवार महतले २०७४ मा सोही क्षेत्रबाट नेपाली काग्रेसका बिष्णु कुमार कार्कीलाई पराजीत गर्दै सासद बनेका हुन ।
क्षेत्र नं. १ को ख बाट उम्मेदवार बनेका रोशन बहादुर गाहा मगरले २०७४ को प्रदेश सभा निर्वाचनमा नेपाली काग्रेसका बर्तमान जिल्ला सभापति महेन्द्रध्वज जि.सीलाई पराजीत गरी गण्डकी प्रदेश सभा सदस्य बनेका थिए ।
नेकपा एमालेले नवलपुरबाट यस पटक ३ जना नयाँ अनुहारलाइृ उम्मेदवारको रुपमा अगी सारेको छ ।