घरHeadlineनवलपुरको गठवन्धनमा दरार, सम्झौता विपरीत उम्मेदवारी दर्ता

नवलपुरको गठवन्धनमा दरार, सम्झौता विपरीत उम्मेदवारी दर्ता

कावासोती , असोज २४
गठबन्धनको सहमती अनुसार नवलपुर जिल्लामा नवलपुर क्षेत्र नं. १ नवलपुरबाट प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ र प्रदेश सभा तर्फ क्षेत्र नं. १ को क र क्षेत्र नं. २ को क नेपाली काग्रेसलाई , प्रतिनिधि सभा तर्फ क्षेत्र नं. २ र प्रदेश सभा तर्फ १ को ख माओवादी केन्द्रको भागमा परेको थियो त्यस्तै सत्ता गठबन्धनबाट २ को ख नेकपा (एकिकृत समाजवादी)को रहेको थियो ।
तर सत्ता गठबन्धनको मुख्य दल नेपाली काग्रेसले नवलपुरको क्षेत्र नं. २ मा नेपाली काग्रेसकै उम्मेद्वारको माग गर्दै जिल्लाका संध, प्रदेश र पालिका सभापतिहरुको भेलाले केन्द्रिय नेतृत्वलाई निर्णय सच्याउन माग गर्यो ।
आइतबार उम्मेदवारी दर्ता गर्ने स्थलमा समेत गठबन्धनका दलहरु कुन कुन पदमा उम्मेदवारी दर्ता गर्ने अन्यल रहेका थिए । नवलपुरको क्षेत्र नं. २ मा नेपाली काग्रेसबाट किष्णु कुमार काकीृले काठमाण्डौबाट उम्मेदवारी दर्ता गरे सगै नवलपुरमा गठबन्धनका दलहरुले आफुहरको इच्छा अनुरुप उममेदवार िदर्ता गराए ।
उम्मेद्वारी दर्ताको अन्तिम समयमा गठवन्धनको भागवण्डामा विवाद भएपछि नेपाली काग्रेसले प्रतिनिधि सभा सदस्यतर्फ दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
भागबण्डा गर्दा क्षेत्र नम्बर दुईमा माओवादी केन्द्रले संघीयतर्फ टिकट पाएपनि अन्तिममा काँग्रेसका उम्मेद्वारले काठमाण्डौबाट नै उम्मेद्वारी दर्ता गरेको काग्रेस गरेको थियो । गठबन्धनको भागवण्डामा क्षेत्र नं. २ को क नेपाली काग्रेसको भागमा परेपनी अन्तिम समयमा माओवादी केन्द्रले उम्मेद्वारी दर्ता गराएको छ । तर नेपाली काग्रेसका गण्डकी प्रदेश महामन्त्री एवम् गण्डकी प्रदेश सदस्य बिष्णु लामीछानेले केन्द्रबाट जानकारी नआएको भन्दै उम्मेद्वारी दर्ता गराएका छन ।
अन्य जिल्लाहरुमा गठवन्धन अनुसार उम्मेद्वार दर्ता भए पनी नवलपुर जिल्लामा भने आ आफ्नो इच्छा अनुसार उम्मेद्वारी दर्ता गराएका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागी प्रतिनिधि सभा सदस्यतर्फ नवलपुर क्षेत्र नम्बर १ मा डा. शशांक कोइरालाको उम्मेदवारी दर्ता भएको छ । नवलपुर २ मा एमालेको तर्फबाट निवर्तमान सासद समेत रहेका तिलक महतको उम्मेद्वारी परेको छ । नेपाली काँग्रेसका विष्णुकुमार कार्कीको उम्मेदवारी दर्ता भएको छ । कार्कीले केन्द्रीय निर्वाचन आयोग काठमाडौंमा उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यस्तै प्रदेश सभा सदस्यका लागि नवलपुर १ (क) बाट नेपाली काँग्रेसका महेन्द्रध्वज जिसि, १ (ख) मा नेकपा (माओवादी केन्द्र) का लोकप्रसाद भुर्तेल, २ (क) मा नेकपा माओवादी केन्द्रका सौगम कुमार सिर्पाली र चेतनाथ पोख्रेलको उम्मेद्वारी परेको छ । २ (ख) मा नेकपा (एकिकृत समाजवादी) का डा. गोपाल खनालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
माओवादी केन्द्र आफैमा विवादमा परेको छ । क्षेत्र नं. १ को प्रदेश सभा ख मा चापागार्यले वागी उम्मेद्वारी परेको छ भने अन्तिम समयमा पाटीको पत्र प्राप्त गरेर उम्मेद्वारी दर्ता गराएका २ को क का उम्मेद्वार चेतनाथ पोख्रललाई स्वतन्त्र उम्मेदवार बनाएका छन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया