घरHeadlineकालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सडक अवरुद्ध

आश्विन २१, २०७९,कावासोती
कालीगण्डकी करिडोर अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पा जोड्ने सडक पहिरोको कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बुलिङटार गाउँपालिका–६ मा पर्ने फूलमती खोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

पहिरोको कारण बिहीबार बिहानैबाट सडक अवरुद्ध बनेको छ । कालिगण्डकी करिडोर अन्तर्गत बुलिङ्गटार र बौदीकालीमा गरेर तीन स्थानमा पहरो खसेको छ । लगातारको वर्षाको कारण पहिरो हटाउन सकिएको छैन । शुक्रबार बिहानसम्म मात्र पहिरो हटाउन सकिने प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गको गैंडाकोट र दलदलेबाट पहाडी भेग तर्फजाने सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रमा चल्ने यातायात ठप्प छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया