घरHeadlineनवलपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

नवलपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कावासोती
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नवलपरासी बर्दधाट सुस्ता पुर्व (नवलपुर) जिल्लामा बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
नवलपुरको सदरमुकाममा रहेको कावासोती नगरपालिकाको पुरानो कार्यालयको भवनमा बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला निर्बाचन कार्यालय नवलपरासी (ब.सु. पु)को निर्बाचन क्षेत्र न. १ र २
(प्रतिनिधि सभा÷प्रदेश सभा) कावासोती नगरपालिकाको पुरानो भवनमा मुख्य निर्बाचन कार्यालय र क्षेत्र न. १ को लागि पहिलो तला, क्षेत्र न. २ को लागि भुँई तलामा स्थापना गरीएको छ ।
मुख्य निर्बाचन कार्यालय स्थापनाको अवसरमा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश उमेश प्रसाद लुइटेल, प्रमुख जिल्ला सुमन घिमिरे, जिल्ला निर्वाचन अधिकारी कमलराज पंन्थी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
दुईबटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा प्रदेश सभाका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया