नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला ईन्चार्ज तिलक महतले नेकपा एमालेकाे नेतृत्वमा गरिएका विकास निर्माणका कामलाई प्रचारात्मक रुपमा लैजान नसकिएकाे बताउदै एमालेकै नेतृत्वकाे सरकारले बृद्ध भत्ता स्थापना, बिध्यार्थिहरुलाई दिवा खाजा देखि भाैतिक पुर्वाधार निर्माणका कार्य भएकाे बताउनु भएकाे थियाे । नेता महतले अाज नेकपा एमाले वडा नं ७ का अध्यक्ष दुर्गा थापाकाे बुबा तथा नेकपा एमाले पाटि संगठित सदस्य टक बहादुर थापाकाे श्रद्धाञ्जली सभामा बाेल्दै उक्त कुरा बताउनु भएकाे हाे । निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका महतले नारायणगढ बुटवल सडक खण्ड ठेक्का प्रक्रिया , नवलपुर जिल्लाकाे नमुना सदरमुकाम निर्माणका लागि बजेट बिनियाेजन, त्रिवेणी छाेटि भन्सारकाे स्तर उन्नति गरि मुख्य भन्सार निर्माण प्रक्रिया , त्रिवेणि हुँदै फलफुल चाेकबाट हात्तिखाेर हुँदै भिमाद पाेखरा सडक निर्माण, कालिगण्डकि काेरिडाेर निर्माण , अरुणखाेला पाल्पा सडक निर्माण जस्ता महत्वपुर्ण विकास निर्माणकाे कार्य एमाले कै सरकारकाे पालामा शुरुवात गरे पनि जनसामु प्रचारात्मक रुपमा लैजान नसकिएकाे बताउनु भयाे । श्रद्धाञ्जली सभामा एमाले केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्यले देशलाई सहिबाटाेमा लैजान र देशलाई भुटानिकरणहुनबाट जाेगाउन मंसिर ४ गते हुने संघ र प्रदेशकाे निर्वाचनमा एमालेका सुर्यध्वजावाहाक उमेदवारहरुलाई बिजयि गराउन अाग्रह गर्नुभयाे । सभामा महिला नेतृ एवम् एमाले केन्द्रीय लेखा अायाेग सदस्य पद्मा जि सि श्रेष्ठले स्वर्गीय टक बहादुर थापा विकाप्रेमि , सामाजिक जनप्रतिनिधि भएकाले उहाप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न एमालेका नेता कार्यकर्ताहरु सामाजिक रुपमा विकासप्रेमिकाे रुपमा स्थापित गराउन पर्ने बताउनु भयाे । शाेक सभामा एमाले नेताहरु राेशन बहादुर गाहा, बिष्णु भुसाल, मुक्तिराम पाण्डे , जीवन श्रेष्ठ भिम कण्डेल, दिपक लम्साल , सागर पाेख्रेल, मदन गिरि भाेजराज दाहाललगायतकाे उपस्थिति रहेको थियाे