घरHeadlineकावासोतीमा कर शिक्षा कार्यक्रम सम्पन्न

कावासोतीमा कर शिक्षा कार्यक्रम सम्पन्न


उधोगी , व्यवसायीहरुलाई कर सम्बन्धि जानकारी प्रदान गर्ने उधेश्यले कावासोतीमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कावासोतीको आयोजना , आन्तरिक राजश्व कार्यालय कावासोती , घरेलु तथा साना उधोग कार्यालय नवलपुरको सहकार्य र मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशको सहयोगमा कार्यक्रम भएको हो ।कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कावासोतीका प्रमुख ज्ञानहरि पन्थि , घरेलु कार्यालय नवलपुरका प्रमुख सागर खनाल , राजश्व कार्यालयका कुसुम सिग्देल ,कमलराज बरालले कर प्रणाली , उधोग दर्ता , नविकरण , करका प्रावधान लगायतका विषयमा जानकारी प्रदान गरेका थिए ।कर शिक्षा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै निवर्तमान अध्यक्ष डासुराज पोखरेलले उधोगी ,व्यवसायी करका विषयमा कतिपय समय अलमल पर्ने हुदा करको बारेमा जानकारी राख्नुपर्ने बताउनुभयो । उधोग बाणिज्य संघले व्यवसायीको हितमा काम ,केही समस्या पर्दा सरोकारवालासँग समन्वय गर्ने भएपनि गलत काम भएको भए त्यसको बचाउमा भने नलाग्ने बताउनुभयो ।

विभिन्न उधोगी , व्यवसायीको उपस्थिति रहेको कार्यक्रम नवलपुर उधोग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालको अध्यक्षता ,महासचिव सागर पोखरेलको संचालन र वरिष्ठ उपाध्यक्ष भेषबहादुर अधिकारीको स्वागतमा कार्यक्रम भएको थियो ।करका विषयमा नबुझ्दा विभिन्न समस्या पर्ने गरेकाले यस विषयमा आउन सक्ने समस्या पूर्वनै समाधान गर्न सहयोग पुगोस भनेर कर शिक्षा कार्यक्रम राखिएको अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले बताउनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया