घरHeadlineकाेपिलले सञ्चालनमा ल्यायाे अपांगता भएका ब्यक्तिलाई आवाससहितकाे सिलाई कटाई तालिम

काेपिलले सञ्चालनमा ल्यायाे अपांगता भएका ब्यक्तिलाई आवाससहितकाे सिलाई कटाई तालिम

-पार्वती पाण्डे ,नवलपुर

काेपिला नेपाल ,पाेखराद्वारा नवलपुरका अपांगता भएका ब्यक्ति तथा परिवारलाई आवासीय ६५ दिने सिलाइ कटिङ्ग तालिम सञ्चालनमा ल्याएकाे छ । गण्डकी प्रदेशका मनाङ्ग र मुस्ताङ बाहेकका सम्पूर्ण ११जिल्लामा महिला,बालबालिका, मनाेसामाजिक ,द्वन्द तथा यातना पिडितका लागि कार्य गदैँ आएकाे यस संस्थाले विगत डेढ बर्षदेखि अपांगता भएका ब्यक्तिहरुलाई समावेशीकरण परियोजना अन्तर्गत रहेर नवलपुरका ८ पालिकाहरुमा विभिन्न कार्यक्रमहरु गदैँ आइरहेकाे छ । यसै परियाेजना अन्तर्गत रहि आज आइतवारका दिन सिटिभिटि गण्डकी प्रदेश,कावासाेती नगरपालिका र सहिद स्मृति सामुदायिक बिद्यालयकाे संयुक्त आयाेजनामा अपांगता भएका ब्यक्ति तथा उनका परिवारलाई सिलाई कटाईकाे ६५ दिने आवास सहितकाे तालिम सञ्चालन गर्ने भनी उक्त तालिमकाे उद्घाटन कार्यक्रम कावासाेती नगरपालिकामा रहेकाे अपांगता पुनर्स्थापना केन्द्रकाे भवनमा सम्पन्न भएकाे छ। उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएकाे यस नवलपुर जिल्ला समन्वय समितिका प्रमुख श्री बावुराम बिश्वकर्माले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गर्दा ” यस पितृसतात्मक समाजमा महिला अथवा अपांगता भएका महिलाले सीप सिक्न पाउदाँ आफुलाई निकै भाग्यमानी ठान्नुपर्ने साथै डिग्रीकाे सटिफिकेट हुदैँमा सीप नभए सम्म स्वराेगार हुन नसकिने र सीप सिकेर स्वराेगार भई बेरोजगारका कारण अन्य ब्यक्तिहरु बिदेश पलायन हुन बाध्य भए जस्तै बिदेशीन नपर्ने भन्दै राज्यको ध्यान नपुगेको यस समयमा गाैर सरकारी संस्थाले यस कार्यक्रम ल्याइ निकै राम्रो कार्य गरेकाे हुदाँ जिवनभरलाई उपयाेगी हुने गरि सीप सिक्नलाई सम्पूर्ण सहभागीलाई अनुराेध पनि गर्नु भएकाे थियाे । त्यसैगरी उक्त कार्यक्रमकाे अध्यक्षता गर्नु भएकाे काेपिला नेपाल ,पाेखराकाे कार्यकारी निर्देशक श्री बिना कुमारी सिलवालले यस तालिमकाे आयाेजना गर्न सहयाेग गर्नुहुने सम्पूर्णलाई बिशेष धन्यवाद साथै आभार प्रकट गदैँ उहाँले सम्पूर्ण सहभागीले निरन्तर तालिममा सहभागी भई राम्रोसँग सिप सिकेर यस सिपलाई पेशा तथा ब्यवसायकाे रुपमा ल्याउनुहुनेछ भन्ने पुर्ण अपेक्षा राखेकाे बताउनु भयाे । साथै उक्त तालिमकाे उद्घाटन कार्यक्रममा जिल्ला सामाजिक बिकास कार्यालयका प्रमुख श्री ज्ञान प्रसाद भुसाल, कावासाेती महिला तथा बालबालिका शाखाकाे प्रतिनिधि श्री शुभद्रा शर्मा ,गैरसरकारी महासंघ नवलपुरका अध्यक्ष श्री बद्री नेपाल , अपांगता पुनरस्थापना केन्द्रका अध्यक्ष श्री सागर लुईंटेल, काेपिलाका संस्थापक अध्यक्ष श्री तिर्थ बहादुर थापा लगाएतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियाे।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया