घरHeadlineभोदी प्रतियोगितामा नेशनल युथ क्लब ए कावासोती १२ विजयी

भोदी प्रतियोगितामा नेशनल युथ क्लब ए कावासोती १२ विजयी

 

नवलपुर । थारू समुदायको अनन्त पर्वको अवसर पारेर डायमण्ड युथ सोसाइटी कावासोती १२ राजमन्दिरले आयोजना गरेको थारू समुदायको परम्परागत खेल भोदी प्रतियोगितामा नेशनल युथ क्लब ए कावासोती १२ विजयी भएको छ । सबैभन्दा धेरै ६० काँचा निकालेर विजयी भएको हो । विजयी भएको क्लबले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै कुमारवर्ती थारु समह कावासोती ११ देश्रो भएको छ । ५७ काँचा निकालेर कुमारवर्ती दोश्रो हुन सफल भएको हो । दोश्रो हुने टिमले १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ५४ वटा टिमले भाग लिएका थिए । जसमा चार वटा धेरै काँचा निकाल्ने टिमबीच फाईनल प्रतिस्पर्धा भएको थियो ।

थारु समुदायको कला संस्कृति जगेर्ना गर्न डायमण्ड युथ सोसाइटीले वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतेक वर्ष आयोजना हुँदै आएको भोदी प्रतियोगितालाई सोसाइटीले यस वर्ष पनि निरन्तरता दिएको डामण्ड युथ सासाइटीका सचिव नैनाराम चनेतले बताउनुभयो । प्रतियोगितामा कावासोती १२ का वड अध्यक्ष दिपेश खनालको प्रमुख आतिथ्यता रहेको थियो । खेल खेल्दै प्रमुख अतिथी खनालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा कावासोती १० का अध्यक्ष टेक नारायण महतो , ११ का अध्यक्ष शारदा प्रसाद अधिकारी , १३ का अध्यक्ष लाल बहादुर गुरुङ, वडा सदस्यहरु , जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सेतमान पुन , जेसिवासियनका महासचिव दिपक सर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम खेल संयोजक चिन्तामणी महतोको अध्यक्षतामा भएको थियो । 

राजमन्दिर खेल मैदानमा प्रतियोगिता भएको हो । यस्तै डायमण्ड युथ सोसाइटीकै आयोजनामा थारू नारीहरूको जितिया पर्वको अवसर पारेर यहि भदौ २६ गत भोलीदेखि जितिया कप महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया