घरदेशगण्डकीनवलपुर प्रदेश सभा २ (क) मा काँग्रेसबाट १५ जना आंकाक्षी

नवलपुर प्रदेश सभा २ (क) मा काँग्रेसबाट १५ जना आंकाक्षी

कावासोती । नवलपुर निर्वाचन क्षेत्र नं. २ (क) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १५ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर २ (क) का सचिव प्रेमबहादुर घर्तीका अनुसार प्रत्यक्ष तर्फ ८ जना र समानुपातिक तर्फ ७ जनाले उम्मेद्वारीका लागि नाम दर्ता गराएका हुन ।

प्रत्यक्ष तर्फ विष्णु प्रसाद लामिछाने ,ओम कुमारी महत्तो ,श्रीधर भट्टराई   ,रामचन्द्र भन्डारी ,रमेश अधिकारी ,काशी पाठक ,देबराज भट्टराई ,अमृत श्रेष्ठले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।

त्यस्तै समानुपातिक तर्फ लक्ष्मी मैनाली (महिला कोटा), श्याम श्रेष्ठ,दुर्गा बहादुर राना कमान सिं सुस्लिङ,गुन्जेश्वोरी महत्तो,कृष्ण प्रसाद काफ्ले ,इन्द्र प्रसाद फालले आवेदन दिएका छन् ।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर २ (क) को शनिबार बसेको बैठकमा मंसीर ४ मा हुने निवार्चनमा उम्मेदवार बन्न चाहनेले नाम दर्ता गराएका हुन ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया