कावासोती, भाद्र १७
नेकपा (एमाले) नवलपुरले आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभा निर्वाचनका लागी प्रत्यक्ष र समानुपातिक दुबै तर्फको इच्छुक उम्मेद्वारको नामावली आगामी भाद्र १९ गते संकलन गर्ने भएको छ ।
आज नवलपुरको कावासोतीमा सम्पन्न केन्द्रिय कमिटि र प्रदेश कमीटीमा प्रतिनिधित्व गर्ने प्रतिनिधी, , जिल्ला पदाधिकारी र नवलपुर जिल्ला निर्वाचन क्षेत्र संघ र प्रदेश कमिटिपदाधिकारीहरुको सयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
एमाले जिल्ला उप सचिब भीमलाल कण्डेलका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ र प्रदेश सभा १ को क र ख को देवचुली नगरपालिकाको देवचुली पाटी प्यालेसमा र प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रदेश सभा १ को क र ख को कावासोती –१६ डण्डामा रहेको अग्यौली पुस्तकालयमा दिउसो १ बजे उम्मेद्वार छनौट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । साथै सोही भेलाले प्रदेश र संघका लागी समानुपातिक उम्मेद्वारको नामावली समेत संकलन गर्ने भएको हो ।
बैठकले केन्दीय कमिटिको हालै सम्पन्न उम्मेद्वार छनौट मापदण्ड अनुसार उम्मेद्वार छनौट गरीने भएको छ । तर नवलपुर जिल्लामा भने सबै क्षेत्रमा सर्वसम्मत नामावली पठाउने गृहकार्य भएको जनाईएको छ । केन्दीय उम्मेद्वार छनौट मपदण्ड अनुसार एक क्षेत्रबाट १ महिला सहित ३ जनाको नाम जिल्ला कमिटिमा पठाईने प्रवधान रहेको छ ।
बैठकले भाद्र १९ गते छनौट भएका उम्मेद्वारहरुको नामावलीलाई भाद्र २० गते बस्ने जिल्ला कमिटिको बैठकले निर्णय गरी भाद्र २१ गते भित्र प्रदेश कमिटिमा र प्रदेशले २२ गते भित्र केन्द्रमा उम्मेद्वारहरुको नामावली पठाई सक्नुपर्नेछ ।