घरHeadlineउज्यालो गण्डकी प्रदेश घोषणा अभियानमा प्रदेश सरकार अगाडि बढेको छ : मन्त्री...

उज्यालो गण्डकी प्रदेश घोषणा अभियानमा प्रदेश सरकार अगाडि बढेको छ : मन्त्री आचार्य

उज्यालो गण्डकी प्रदेश घोषणा अभियानमा प्रदेश सरकार अगाडि बढेको छ : मन्त्री आचार्य
कावासोती, भाद्र
गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण मन्त्री आचार्यले उज्यालो गण्डकी प्रदेश घोषणा अभियानमा प्रदेश सरकार अगाडि बढेको बताउन’भएको छ । गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा विद्युत पुगेसकेको अवस्थामा नवलपुर जिल्लाको ४ वटा पालिकामा विद्युतको पुर्ण पहुँच नहुदा उज्यालो गण्डकी घोषणामा विलम्ब भएको बताउनुभयो ।
उहाँले बौदिकालीमा विद्युत प्रसारण विस्तारमा केही क्षेत्रमा समस्या रहेको बताउदेै समुदायलाई विश्वासमा लिएर समस्या समाधान गरिने बताउनुभयो । विद्युत प्राधिकरणमा कर्मचारी अभाव रहेको बताउदै गाउँपालीकाले रकुवा र रूचाङमा कम्तिमा २ महिना प्राविधिक जनशक्ति उपलब्ध गराइ सहयोग गरिदिन पालिका समक्ष अनुरोध गर्नुभयो ।
बौदीकालीमा लेखनाथ प्रसारण लाइनबाट विद्युत वितरण गरने भएकोछ . पालिकाको चुलिबोझा सबस्टेसनबाट आउने लाइनमा केही अबरोध रहेको र उक्त अवरोध लिखित सम्झौताबाट समाधान गरिसकिएको बताउन’भयो। पालिकाको ववक र नरममा पोल ढुवानी सुरू भएको भन्दै उहाँले काम रोकिएको खण्डमा प्रदेश सरकारलाई जानकार गरउन पनि अनुरोध गर्नुभयो ।
त्यस्तै डेढगाउ बृहत् खानेपानीमा निर्माण पक्षको स्वास्थ्य समस्याले गर्दा योजनामा ढिलाइ भएको बताउदै उहाँकै परिवारको सदस्यबाट सो काम अगाडि बढ्ने जानकारि दिदै आयोजना छिट्दै सम्पन्न हुने बताउनुभयो । राजनीति पुर्वाग्रह राखेर कुनैपनि काममा ढिलाइ नहुने बताउदै सुन्दर बौदिकाली निर्माणमा प्रदेश सरकार आवश्यक सहयोग गर्न हरहमेसा तयार रहेको बताउनुभयो ।
बौदिकाली गाउँपालिका गण्डकी प्रदेशकेै कर्णाली भएको बताउदै गाउँपालिका अध्यक्ष ओझाले गण्डकी प्रदेश सरकारलाई यो क्षेत्रको विकासमा प्राथमिकता दिन आग्रह गर्नुभयो । गाउँपालिका उज्यालो हुनुपर्ने बताउदै अध्यक्ष प्रकाशओझाले आवश्यक सम्पुर्ण सहजता पालिकाले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्युत नै यहाँको समस्याको मुल कारण रहेको बताउदै नवलपुरको पहाडी क्षेत्रमा बसोबास जोगाउन पनि छिटोभन्दा छिटो विद्युतिकरण गर्नुपर्ने अध्यक्ष ओझाको भनाइ छ । विद्युतिकरणको अभाव कारण यो क्षेत्र विभिन्न अवसरबाट बन्चित हुनपुगेकाले पालिकाको पहिलो शर्त नै विद्युतिकरण रहेको बताउदै काममा कुनै प्रकारको ढिलासुस्ती नगर्नुहुन मन्त्रीलाई मार्फत अनुरोध गर्नुभयो ।
गण्डकी प्रदेश उर्जा मन्त्रालय विद्युतिकरणको विषयमा गम्भीर रहेको महसुस गर्दै ओझाले पालिकाको निमन्त्रणालाई स्विकार्दै स्थलगत अनुगमनमा आउनुभएको मा मन्त्रालयको सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया