घरHeadlineअविरल बर्षकाकारण सर्दिमा खोलाले टिपर बगायो

अविरल बर्षकाकारण सर्दिमा खोलाले टिपर बगायो

भाद्र १२, कावासोती
पुर्वी नवलपरासीको विनयी त्रिवेणी वडा नं. ४ मा गएराती खोलाले टिप्पर बगाएको अस्थाई प्रहरी चौकी सदी नवलपुरले जानकारी दिएको छ ।
हिजो राती करीव १२ बजेको समयमा विनयीत्रिवेणी गा.पा.–४ पाखापानी स्थित भित्री (पाखापानी–सर्दी) सडकखण्डमा विनयी खोलाले ग २ ख १०२४ नं.को टिप्पर बगाएको प्रहरी जानकारी दिएको छ । बिनयी खोलाले टिप्परलाई सडक भन्दा करीब २०० मिटर तल सम्म बगाएको छ । टिप्पर चालक भने फरार रहेको र अहिले खोलाले बगाएको टिप्पर खोलाको बिच भागमा रहेको र टिप्पर निकाल्ने काम भएको प्रहरीले जनाउको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया