घरHeadlineनेकपा एमाले प्रचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

कावासोती, भाद्र ११
नेकपा एमाले नवलपुर जिल्ला प्रचार तथा प्रकाशन विभागको बैठक आज नेकपा एमाले जिल्ला पाटी कार्यालय नवलपुरमा सम्पन्न भएको छ ।
जिल्ला पाटी प्रचार तथा प्रकाशन विभाग प्रमुख सागर पोख्रलको अध्यक्षता एवम् पाटी जिल्ला सचिव भीमलाल अधिकारीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको प्रचार विभाग सचिव शालिकराम कोइरालालले बताउनु भयो ।
बैठकले पाटीको प्रचार तथा प्रकाशनलाई व्यवस्थित बनाउने, पाटीका विचार र गतिविधिलाई पाटी संगठित सदस्यहरुको माझमा पुर्याउन मुख पत्र प्रकाशन गर्ने , मुखपत्र प्रकाशनका लागी पाटि जिल्ला अध्यक्ष प्रधान संरक्षक, प्रचार विभाग प्रमुख सागर पोख्रेल संरक्षक, प्रचार विभाग सदस्य डा धनपती कौइराला प्रधान सम्पादक, विभागका सचिव शालिकराम कोइराला र विभाग सदस्य करुण लम्साल कार्यकारी सम्पादक रहेको सम्पादन मण्डल समेत निर्णय गरीएको सचिव कोइरालाले बताउनुभयो ।
बैठकमा बोल्दै एमाले जिल्ला सचिब एवम् बैठकका प्रमुख अतिथी भीमलाल अधिकारीले पाटीलाई बैचारीक रुपमा अगाडी वढाउन प्रचार विभागको महत्वपुर्ण भुमिका रहने भन्दै प्रचार विभागले अगी सारेका बिषयलाई पाटीले पुर्ण साथ र सहयोग रहने बताउनु भयो ।
पाटीको विचार गतिविधिलाई आम संगठित सदस्यहरुको बीचमा लैजान समेत प्रचार विभागले प्रकाशन गर्न लागेको मुखपत्र कोशेढुङ्गा सावित हुने विश्वास व्यत्तmगर्नुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया