नवलपुर,
रोट्र्याक्ट क्लब अफ नवलपुर सिटिद्वारा तीज मिलन तथा मातृ सम्मान कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ नवलपुर सिटिका सम्पुर्ण सदस्यको आमाहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पम्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएको कावासोती नगरपालिका नगर उपप्रमुख फुलकुमारी थनेतेले सम्पुर्ण सदस्यहरुको आमाहरुलाई सम्मान गर्दै अव नगर,जिल्ला विकासमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको छ । यस संस्थाले गरेको कामलै सम्मान गर्दै आगमी दिनहरुमा पनि सामजिक कार्यहरु गर्नको लागि नगरपालिकाबाट केहि रकम सहयोग गर्ने समेत उहले बताउनुभएको थियो । यसैगरी क्लबका अध्यक्ष बुलेट सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सुभकामना आदानप्रदान साथसाथै दर खाने र नाचगान पनि गरिएको थियो । सम्पुर्ण आमाहरुलाई आफनो छोरा छोरीहरु कस्तो क्लब, कुन क्लबमा आवद्ध रहेका छन ,कस्ता कार्यक्रम हरु गर्दै आइरहेका छन भन्ने कुरा बुझाउनको लागी उक्त कार्यक्रम आयोजना गरियको अध्यक्ष सिग्देले बताउनुभयो । कार्यक्रममा सम्पुर्ण आमाहरुलाई क्लबको तर्फबाट सम्मानपत्र समेत प्रादान गरिएकोे थियो । कार्यक्रममा ५० जना भन्दा बढि को उपस्थिती रहेको थियो ।

