घरHeadlineसर्पले डसेर नवलपरासीमा एकजनाको निधन

सर्पले डसेर नवलपरासीमा एकजनाको निधन

नवलपुर, भाद्र ३ । पूर्वी नवलपरासीमा सर्पले डसेर एक जना महिलाको निधन भएको छ ।जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार विनयी त्रिवेणी गाउँपालिका २ कालिका डाँडा निवासी ५५ बर्षीया महिला सविता सारुको सर्पको डसाईबाट निधन भएको हो ।

विहीबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा सारुलाई बाँया हातको औलामा सर्पले डसेको र उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया