कावासोती । नवलपुरको बौदीकाली गाउँपालिका र विनयी त्रिवेणीमा बजार अनुगमन गरिएको छ । आज बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाको नेतृत्वमा उपाध्यक्ष डिल कुमारी सारु मगर ,प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुविदी, वडा अध्यक्ष , विभिन्न शाखाका प्रमुखहरु, सुरक्षाकर्मी सहितको टोलीले बजार अनुगमन गरेको हो । सो क्रममा विभिन्न ४७ वटा पसहरुको अनुगमन गरिएको थियो ।

यसै गरि जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा समेत बजार अनुगमन गरिएको छ । गाउँपालिकाको दुम्किबास क्षेत्रमा बजार अनुगमन गरिएको हो । दुम्किबासमा रहेका होटल व्यवसाय, किराना पसल, फ्रेस हाउस लगायतका व्यवसायहरुको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा दर्ता नभएका , नविकरण नभई पसलहरु संचालन गरिएको, मूल्य सूची कायम नभएका, सरसफाइमा कमि भएको पाइएको थियो । अनुगमन सँगै नीति नियममा रहेर व्यवसाय संचालनका लागि मौखिक निर्देशन दिइएको छ ।