घरHeadlineगण्डकी प्रदेशमा नै एमालेको जित सुनिश्चित :सांसद महत

गण्डकी प्रदेशमा नै एमालेको जित सुनिश्चित :सांसद महत

साउन २२, गैंडाकोट
प्रतिनिधि सभा सांसद तिलक महतले गण्डकी प्रदेशमा नै एमालेको जित सुनिश्चित रहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ गैंडाकोट नगर कमिटीको दोस्रो नगर अधिवेशनमा बोल्दै उहाँले स्थानीय तहको चुनावमा नवलपुर जिल्लाका धेरै स्थानीय तहमा एमाले पहिलो बनेको बताउदै प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि एमालेको जित निश्चित रहेको बताउनुभयो ।

सांसद महतले गैंडाकोटका एमाले नेता कार्यकर्तालाई मन नदुखाउन पनि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचनमा पार्टी भित्र अल्लि मन नमिलेको भन्ने कुरा आयो । अब आउने चुनावमा मन मिलाएर जानुपर्छ, मैदानमा हुनेहरुको हारजित स्वभाविक हो, अबको चुनावमा जित निश्चित छु

एमाले हार्नु भनेको समृद्ध नेपाल बनाउने सपना हार्नु भएकाले पनि एमालेलाई जिताउनुपर्ने उहाँको भनाई छ ।

साथै उहाँले मंसिर ४ मा हुने चुनावमा एमालेलाई जिताउन अखिल नेपाल महिला संघको पनि ठुलो भुमिका हुने भएकाले सोही अनुरूपको तयारी गर्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया