घरHeadlineचौधरीले मुद्रा अपचलन गरेको एमाले नेता देवी ज्ञवालीको आरोप

चौधरीले मुद्रा अपचलन गरेको एमाले नेता देवी ज्ञवालीको आरोप

नारायण शर्मा

पूर्वी नवलपरासी — नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी दिने भन्दै राजनीतिक गतिविधिमा सक्रिय देखिएका उद्योगपति विनोद चौधरीविरुद्ध नेकपा एमाले आक्रमक रुपमा प्रस्तुत भएको छ ।

शनिबार देवचुलीमा आयोजित एमालेको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली चौधरीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले उद्यमी चौधरीलाई मुद्रा अपचलन गरेको र राज्य दोहन गरेको पनि आरोप लगाएका छन् ।
उनले भनेका छन्, ुसंसारकै धनी व्यक्तिको सूचीमा परेको तर नेपालमा कर तिर्ने बेलामा सय नम्बरमा पनि नपर्ने व्यक्ति निर्वाचनमा यही जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको सुन्दैछु, त्यस्तालाई चिन्नु पर्छ ।ु

यस्तै नेता ज्ञवालीले चौधरीलाई नेपालमा उद्योग गरेर चौधरीले विदेशमा सम्पत्ति लगेर मुद्रा अपचलन गरेको र राज्य दोहन गरेको पनि आरोप लगाएका थिए ।
ज्ञवालीले बिनोद चौधरीको नाम उच्चारण नगरिकन उनलाई संकेत गर्दै भने, ुतिनै कर नतिर्ने, मुद्रा विदेश लैजाने व्यक्ति यही जिल्लाबाट चुनाव लड्न आतुर रहेकोले उनलाई परास्त गर्नुपर्छ ।ु

नेता ज्ञवालीले देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको चौधरीको उद्योगले प्रदूषण फैलाएको र स्वास्थ्य संवेदनशिलतामा लापरबाही गरेको पनि ज्ञावालीको आरोप छ ।

२०६४ सालको संविधानसभा सदस्यमा नेकपा एमालेबाट समानुपातिक सांसद भइसकेका विनोद चौधरी २०७४ सालमा कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका चौधरी पूर्वी नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा संघीय सांसदको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने भन्दै भेटघाट बढाइँदा एमालेका नेताहरू पनि विरुद्ध आक्रमक देखिएका हुन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया