नवलपुरमा फेरी कोरोना संक्रमित देखिना थाले । आज थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ७८० जनामा गरिएको नमुना परिक्षणमा १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । संक्रमित हुनेमा देवचुलि नगरपालिकाका १ जना रहेका छन् ।