आर्थिक वर्ष २०७९/८०
नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु,
कोरोना महामारीले विगत २ वर्षदेखि सम्पूर्ण विश्व जगत नै आक्रान्त भई महामारीको अन्त्यपछि विश्व अर्थतन्त्रले भर्खरै गति लिन शुरु गरेको छ । हाम्रो देशको अर्थतन्त्र पनि कोरोना महामारीको कारणले शिथिल हुुन पुग्यो र अर्थतन्त्रले भर्खरै गति लिन खोजेको परिप्रेक्ष्यमा बंैकिङ क्षेत्रमा देखिएको तरलता अभावको कारणले अर्थतन्त्र थप जटिल बन्न पुगेको सबैलाई अवगत नै छ । अर्थतन्त्रका सूचकहरु नकारात्मक रहेको अवस्थामा रुस युक्रेन युद्ध र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण र नियमनकारी संयन्त्र कमजोर भएको समयमा सवै उपभोग्य वस्तुमा भारी मुल्य वृद्धि भएको छ । निर्माण सामाग्रीमा भएको उच्च मूल्य वृद्धिका कारणले चालु आ.व. मा कतिपय भौतिक पूर्वाधार तर्फका योजनाहरु कार्यान्वयन हुन सकेन भने नगरपालिकाको आन्तरिक आय पनि अनुमान गरिए भन्दा कम हुन पुग्यो । संघ र प्रदेश सरकारबाट नगरपालिकालाई आउनुपर्ने पुरै अनुदान पनि आउन नसकेको अवस्था छ । यसरी तमाम कठिनाईका वावजुद पनि समग्रमा योजना कार्यान्वयनको अवस्था भने सन्तोषजनक नै रहेको छ ।
नेपालको संविधान,स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्य प्रचलित कानूनले स्थानीय सरकारको भूमिका र अधिकारक्षेत्र बृहत रहेको दर्शाएको छ तर सोको तुलनामा नगरपालिकाको आन्तरिक आम्दानी
कम हुने, प्रदेश र संघीय सरकारबाट आउने अनुदानको मात्रा पनि कम हुन जाँदा जन चाहना र जनआकांक्षा अनुरुप ठूला आयोजनाहरु कार्यान्वयन गर्न असम्भव भएको छ । साथै नगरपालिकाबाट हुने सेवा प्रवाहमा अझै व्यापक सुधारको खाँचो सवै क्षेत्रबाट औल्याईएको छ । यद्यपि निर्वाचनमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता र समृद्ध कावासोती बनाउने उत्कट चाहनाको कारणले आशाका किरणहरु छरिएका छन् ।साथै नगरपालिकाका निवर्तमान नगरप्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्ष्यज्यूहरु र सम्पूर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुको अथक प्रयासले नगरपालिकाले विकासका भौतिक पूर्वाधार लगायत अन्य आयाममा उल्लेखनीय प्रगति हासिल भएको सवैलाई अवगत नै छ ।
आगामी वर्षहरुमा विकासको गतिलाई संघ र प्रदेश तथा विकासका अन्य साझेदार निकायसँग समन्वय र सहकार्य गरी तीव्र गतिमा अघि बढाई समृद्ध कावासोती बनाउन हामी सामु अवसर र चुनौती दुवै छ । निर्वाचनको समयमा मतदातासामु गरिएका प्रतिवद्धता र प्राथमिकताको आधारमा साधन स्रोतको कुशल विनियोजन र कार्यान्वयनका दक्षता देखाई सोही बमोजिमका रणनीतिक पक्षलाई ध्यान दिई आ.व. २०७९÷८० को निम्नानुसारको विषयक्षेत्रगत नीति तथा कार्यक्रम पेश गर्दछु ।
आर्थिक विकास
– आ.व. २०७९÷८० मा कृषक समूह तथा कृषि सहकारीले जडान गर्ने सिंचाई मिटर जडानको शुल्क नगरपालिकाले उपलव्ध गराउने नीति लिइनेछ ।
– निर्वाहमुखी कृषि पेशालाई आयमा आधारित बनाउन कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र वजारीकरण गर्ने नीति लिइनेछ । सोका लागि मागमा आधारित कृषि औजार र वीउविजनको वितरण, रासायनिक मलको वितरण र कृषि वजारको व्यवस्थापन गरिनेछ । कृषि ज्ञान केन्द्र र संघीय कृषि मन्त्रालय सँग समन्वय एवम् सहकार्य गरी कृषि क्षेत्रका ठूला परयोजनाहरु सञ्चालन एवम् कार्यान्व्यन गरिनेछ ।
– नगरका विभिन्न वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा घोषणा गरी भूमीगत तथा सतही सिंचाई योजना सञ्चालन गरी कषि क्षेत्रमा आत्मनिर्भर बनाउन दीर्घकालीन रणनीति लिइनेछ ।
– पशुपालन व्यवसायलाई आत्मनिर्भर बनाउन दुध उत्पादन तथा विक्री वितरणको लागि पशु बीमा, पशु स्वास्थ्य, औषधि, पशु फार्मको उचित व्यवस्थापन र दुध उत्पादक कृषकलाई प्रति लिटर रु. १.५० अनुदान दिने नीति लिएको छु । साथै घाँस उत्पादनका लागि छुट्टै क्षेत्र पहिचान गरिनेछ र घाँसको बीउ तथा बिरुवा वितरण गरिनेछ ।
– कृषि उपजको उत्पादनलाई अभिवृद्धि गर्न कृषि सामग्री संस्थानबाट आवश्यक पर्ने रासायनिक मल नगरपालिका आफैले भण्डारण तथा व्यवस्थापन गरिनेछ । साथै सहकारी मार्फत खरिद गरी भण्डारणमा सहजीकरण गर्ने र मल अभावलाई न्यूनीकरण गर्न आवश्यक नीति लिइनेछ ।
– कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउन कृषि स्वयंसेवक कृषि पेशा अवलम्वन गर्ने वडामा खटाउने व्यवस्था गरिनेछ ।
– गाइभैसी,धान र तरकारी पकेट क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी वनाउन विविध कार्यक्रमहरु संचालन गरिनेछ । साथै माछा पकेट क्षेत्रलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
– वडा नं. ४को कृषि पकेट क्षेत्रलाई विकासको लागि क्रमशः विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरिनेछन् ।
– गरिवी निवारण गर्न सामुहिक खेती, पशुपालन तथा कृषियोग्य उद्योग स्थापना गरी गरिवी निवारणमा सहयोग पु¥याइनेछ ।
-पानीको मुहान संरक्षण र संवद्र्धन गरी नगर भित्रका वडा न. १,४,५,७,१२,१३,१४,१५ र १७ का क्षेत्रमा विशेष योजना सहित पानीका स्रोत भण्डारण गरी योजना सहित लागू गरी कृषि उत्पादन वृद्धि गरिनेछ ।
– पशुपालनलाई व्यवसायिक बनाउन गोठ निर्माण तथा व्यवस्थापनको लागि अनुदान तथा पशु बीमा निशुल्क गरिदिने नीति लिइनेछ । साथै गोठ सुधार तथा पुनः निर्माणमा नगरपालिकाको तर्फबाट प्राविधिक सहयोग उपलव्ध गराइनेछ । व्यवसायिक रुपमा कुखुरापालक कृषकहरुका लागि बीमाको व्यवस्था गरिनेछ ।
– कावासोती नगरपालिका भित्र रहेका अव्यवस्थित मासु पसलहरुलाई पशु बधशाला तथा मासु जाँच ऐन २०५५ अनुसार सुदृढिकरण तथा नमुना बधशाला निर्माणका लागि पहल गरिनेछ
– सहकारीको विकासको लागि प्रोत्साहन तथा प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु ल्याइनेछ । विपन्न वर्गको उत्थानमा संलग्न सहकारीलाई विशेष सहयोग गरिनेछ ।
– कावासोती नगरपालिकाको कृषि तथा पशुपञ्छी ऐनको प्रभावकारी कार्यान्वयनको लागि संस्थागत क्षमताको विकास गरिनेछ ।
– औद्योगिक क्षेत्र स्थापनाको लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी विशेष पहल गरिनेछ ।
– निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा समृद्ध कावासोतीको लागि करका दायरा र दररेटमा पुनरावलोकन गरी व्यवसाय करलाई प्रभावकारी बनाउने र उद्योगी व्यवसायीबाट उद्योग वाणिज्य संघ सँगको सहकार्यमा उठाइएको करको निश्चित प्रतिशत उद्योग वाणिज्य संघलाई फिर्ता गर्ने नीति लिइनेछ ।
– स्थानीय संस्कार, संस्कृतिमा आधारित आवास व्यवस्था, आतिथ्यता र स्थानीय उत्पादन र मौलिकतामा आधारित परिकारको आधारमा सेवा दिने गरी संचालन भएका घरवास कार्यक्रम गर्ने समूहलाई प्रवद्र्धनका लागि सहयोग गरिनेछ ।साथै पर्यटकबाट लिइने शुल्कलाई करको दायरामा ल्याइनेछ ।
– नगरपालिकाभित्र उपलव्ध कच्चा पदार्थ प्रयोग गर्ने साना तथा मझौला उद्योगलाई प्रवद्र्धन एवम् संरक्षण गर्न विभिन्न कार्यक्रम ल्याइनेछ ।
– वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलव्धिमूलक बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
पूर्वाधार विकास
– चालु आ.व. मा शुरु भएको नगरपालिकाको आवधिक योजना यसै आर्थिक वर्षमा पूरा गरिनेछ र आवधिक योजनाको आधारमा आयोजना तथा कार्यक्रम छनौट गरी वजेट विनियोजन गर्ने प्रणालीको विकास गरिनेछ । साथै मध्यमकालीन खर्च संरचना निर्माण गर्ने प्रक्रिया आगामी वर्षमा शुरुवात गरिनेछ ।
– नगरपालिकाको सम्भावित स्थानहरुको पहिचाान गरी ल्यान्ड पुलिङ ९ीबलम एययष्लिन० को माध्यमबाट व्यवस्थित स्याटलाइट सिटीको निर्माणको लागि संघीय सरकार र नगर विकास कोष लगायतका विकास साझेदार संस्थासँग सहकार्य गरी सम्भाव्यता अध्ययनको लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
– नगरपालिकाको गौरवको आयोजनाको रुपमा थालनी गरिएको रिगंरोडको अवधारणा क्षेत्रलाई पुर्नपरिभाषित गरिनेछ र यसअघि तयार गरिएको डि.पि.आर. लाई पुनरावलोकन गरिनेछ । त्यस्तै मानव तथा वन्यजन्तु द्धन्द्ध न्युनीकरणको लागि शुरु गरिएको नगरगौरवको अर्को आयोजनालाई बाँकी वडाहरुमा सम्पन्न गर्ने गरी निरन्तरता दिइनेछ ।
– नगरपालिकाको वजार क्षेत्रमा सवारी साधन, यात्रीहरु तथा सर्वसाधारणको अत्याधिक चापको कारण सवारी दुर्घटना बढिरहेको अवस्था छ । दुर्घटनालाई न्यूनीकरण गर्न कुमारवर्ती क्याम्पस प्रवेश चोक र नमुना सदरमुकाम जोड्ने थकाली चोकमा ओभरहेड ब्रिज निर्माण गरिनेछ ।
– पूर्व पश्चिम राजमार्गको वैकल्पिक राजमार्गको रुपमा कावासोती ८ को फलफुल चोकको गेट हुदै दोस्रो बाटो मानवधर्म, शितलचोक दक्षिण हुदै वडा नं. १० र वडा नं. ९को वगैंचा हुदै पुरानो कावासोती वजार निस्कने बाटो नाला सहित कालो पत्रे योजनालाई नगरपालिका, प्रदेश र संघसँग सहकार्य गरी कार्यान्वयन गरिनेछ ।
– नगरपालिकाका मुख्य सडकहरुमा साइकल लेन निर्माण कार्यको थालनी गरिनेछ ।
– नगरपालिकामा बढ्दो शहरीकरणका कारण अव्यवस्थित बसोवास बढिरहेको र जथाभावी खेतीयोग्य जमिनको खण्डिकरण गर्ने प्रवृत्ति बढेकोले नगरपालिकाले भू–उपयोग नीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । जग्गा खण्डिकरणलाई थप व्यवस्थित गरिनेछ र वडा न. २,३,८,९ र १६ मा नयाँ सर्भे गरी लागू गरिनेछ ।
– नगरपालिकाको प्रोफाइल अद्यावधिक गरी सोका आधारमा विभिन्न ठूला साना आयोजनाहरुको कार्यान्वयन चरणवद्ध रुपमा कार्यान्वयन गरिनेछ । ठूला आयोजनाहरुको डिपिआर तयार गरी कार्यान्वयन गरिनेछ ।
-नगरपालिकामा बढ्दो शहरीकरण सँगै अग्ला र असुरक्षित भवन निर्माण गर्ने प्रवृत्ति पनि सँगै बढिरहेको अवस्था छ । सो कार्यलाई निरुत्साहित गर्न भवन निर्माण आचार संहिता कार्यान्वयनलाई कडाइका साथ लागू गरिनेछ । साथै नक्शा पास नगरी बनाईएका पुराना घरहरुलाई मापदण्ड बनाई आ.व. २०७९÷८० भित्र नै सूचिकृत सहित अभिलेखीकरण गरिनेछ ।
– नगरपालिका भित्र अब बन्ने सामुदायिक एवम् सरकारी भवन निर्माणलाई अनिवार्य रुपमा नक्शा पासको दायरा ल्याइनेछ ।
– नगर गौरवका आयोजनाहरु संघ र प्रदेश सँग समन्वय गरी संचालित गरिनेछ । राष्ट्रिय गौरवको पूर्व पश्चिम हाइवे आयोजना कार्यान्वयनलाई तीव्रता दिन आयोजनालाई आवश्यक पर्ने निर्माण सामग्री अभाव हुन नदिन कानून र मापदण्ड अनुसार निर्माण सामाग्री उपलव्ध गराउन सहजीकरण गरिनेछ ।
– हुलाकी राजमार्ग पर्ने नगरपालिकाको क्षेत्रमा यसको निर्माणलाई तीव्रता दिन संघीय सरकारसँग विशेष आग्रह गरिनेछ र क्षेत्राधिकारको बारेमा भएको व्यवहारिक विवादलाई सहजीकरणका माध्यमबाट समाधान गरिनेछ ।
– व्यवस्थित शहरीकरणको लागि सडक, संचार, विद्युत र फोहर व्यवस्थापनका क्षेत्रहरुमा एकिकृत रुपमा कार्यान्वयन हुने गरी सरोकारवाला सवै पक्षसँग समन्वय र सहकार्य गरी अघि बढ्ने रणनीति अवलम्वन गरिनेछ ।
– नगरक्षेत्रमा रहेका जोखिमयुक्त वस्तीलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने नीति अवलम्वन गरिनेछ । यसका लागि संघीय सरकारसँग समन्वय गरिनेछ ।
– घनावस्ती भएका शहरी क्षेत्र भित्रका साना सडकहरुमा मोजाइक टाइल(ब्लक) लगाइनेछ ।
– चालु आ.व. मा निर्माण सामाग्रीको बजार भाउ अत्याधिक वृद्धि भई कार्यान्वयन नभएका अधुरा योजनाहरु आगामी आ.व. मा सम्पन्न गरिनेछ ।
– केरुङे खोलामा वडा न. ९ र १४ तथा वडा नं. ४ को हसौरा खोला पारी जोड्ने पक्की पुल , चिलाहा खोला पारी र सिमलवारी बाट कृषि क्षेत्र जाने २ वटा पक्की पुलको डि.पि.आर. तयार गरी संघीय सरकारको सहयोगमा निर्माण गरी सदरमुकाममा नागरिकको सहज पहुच पु¥याइनेछ ।
– नगरपालिकाको अधुरा रंगशाला निर्माण कार्यलाई आगामी वर्षहरुमा सम्पन्न गर्ने गरी संघीय तथा प्रदेश सरकारसँग समपूरक योजनाको रुपमा कार्यान्वयन गरिनेछ ।
– घना वस्ती भएका क्षेत्रहरुमा पक्की एवम् व्यवस्थित नाला निर्माण कार्य अघि बढाइनेछ । सडकहरु स्तरोन्नति एवम् कालोपत्रे गरिनेछ । सघन शहरी विकास आयोजना मार्फत वडा नं. २,३,८,९, १६ हाइवे दायाँ वाँया तथा हाइवे वरिपरीको शहरी क्षेत्रको नाला व्यवस्थापन गरिनेछ ।
– वडा नं. १६ मा नगरपालिकाको बसपार्क निर्माण कार्यलाई संघीय सरकारसँग सहकार्य गरी आगामी आ.व. मा कार्यान्वयन गरिनेछ ।
– वडा नं. २ को नवदुर्गा सामुदायिक वन र शिव सामुदायिक वन सँग समन्वय गरी मिनी बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाइनेछ ।
– नमूना सदरमुकाम पुग्नका लागि नगरपालिकाको वडा नंं. ४ देखि हुप्सेकोट गाउँपालिका जोड्ने पहँुच मार्ग निर्माणको लागि आवश्यक समन्वय गरिनेछ ।
– समावेशी चोकदेखि वगैचा स्कूल जोड्ने बाटो कालोपत्रे गर्ने प्रक्रियालाई अगाडि बढाइनेछ ।
सामाजिक विकास
– विद्यालय शिक्षामा समानता, गुणस्तर, सक्षमता र व्यवस्थापनलाई प्रमुख लक्ष्य बनाई सोही अनुकूलको नीति, विधि, कार्यक्रम र अभ्यास अपनाउने गरी यस आर्थिक वर्ष देखि नै शिक्षा क्षेत्रको प्राथमिकताहरु तय गरिएकोछ ।
-नगर भित्रका सबै विद्यालयहरुको सर्वपक्षीय अवस्था पहिचान र मूल्याँकन गरी विद्यालयहरुको वर्गीकरण गर्दै विद्यालयहरु विच स्वस्थ र सहकार्यात्मक प्रतिस्पर्धा र नगरबाट विद्यालयलाई हुने सहजिकरण, सहयोग र नियमन कार्यलाई वस्तुगत वनाई समग्र नगरको शिक्षा नीति, योजना, कार्यक्रम, पद्धती र प्राथमिकतालाई नतिजामुखी बनाइनेछ ।
– नगरपालिकाको समग्र आर्थिक वृद्धिका सम्वाहक र सहयोगी क्षेत्रमा आवश्यक जनशक्ति उपलब्ध गराउन तथा राष्ट्रिय आवश्यकताको सन्दर्भलाई समेत ध्यानमा राखी सम्भाव्यता अध्ययनको आधारमा विद्यालयहरुमा थप प्राविधिक विषयहरु अध्ययन गर्ने अवसर सृजना गरिनेछ । पढ्दै कमाउदै कार्यक्रम संचालन गर्न सम्भाव्यता र इच्छाशक्ति भएका विद्यालयहरुलाई साझेदारी अनुदानको व्यवस्था गरिनेछ ।साथै हाल सञ्चालित प्राविधिक धारका विद्यालयहरुमा योग्य प्रशिक्षकहरुको व्यवस्था गर्न र गरिव जेहेन्दार तथा लक्षित समुहका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
– विद्यालय शिक्षामा सक्षमता, गुणस्तर,स्रोतको समुचित प्रयोग गरी नतिजामुखी शैक्षिक व्यवस्थापनका लागि मापदण्डमा आधारित रही कक्षा गाभ्ने (मर्ज) , तह गाभ्ने र विद्यालय गाभ्ने गर्ने कार्य गरिनेछ । यस कार्यलाई उत्साहित, आवश्यकीय र प्रभावकारी ढंगबाट सम्पादन गर्न विद्यालयहरुलाई आवश्यक शिर्षकमा अनुदान दिने व्यवस्था गरिनेछ ।
– विद्यालयमा कार्यरत दरवन्दी अनुसारको कुनै पनि जनशक्तीलाई प्रचलित श्रमकानून अनुसारको न्यूनतम तलब भत्ता उपलब्ध गराउन बजेटको व्यवस्था गरिनेछ ।
– श्रम प्रतिको सकारात्मक भावनाको विकास, उपलब्ध स्रोत साधनको समुचित प्रयोगको ज्ञान र विद्यालयमै उत्पादित अर्गानिक खाद्यवस्तु दिवा खाजामा प्रायोग गर्ने अभ्यासका लागि हरेक सामुदायिक विद्यालयमा विद्यालय करेसावारी निर्माण गर्न नगर विद्यालय साझेदारी करेसावारी कार्यक्रम सञ्चालन गरिनेछ ।
– विद्यार्थीको सिर्जनात्मक मौलिक क्षमता र नवप्रवर्तनात्मक अभ्यासका लागि प्राथमिकताका साथ अनुदान सहयोग उपलब्ध गराइनेछ ।
– पाठ्यपुस्तकको सर्व पक्षीय गुणस्तरका आधारमा यस नगरपालिकाबाट छनौट भएका कक्षा एक देखी दश सम्मका अंग्रेजी माध्ययमका पाठ्यपुस्तक सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क रुपमा उपलब्ध गराईनेछ ।
– ब्रिटिस काउन्सिल नेपालसंग साझेदारीमा सञ्चालन गर्दै आईएको नगरको प्राथमिकताको “ समग्र विद्यालय विकास कार्यक्रम” लाई निरन्तरता दिने गरी बजेटको व्यवस्था गरिनेछ ।
– सामुदायिक विद्यालयको आधारभूत तहलाई सर्वपक्षीय रुपमा सुधार गर्न प्राथमिकताका साथ बजेटको व्यवस्था गरिनेछ ।
– राष्ट्रिय मापदण्ड अनुसार बढी विद्यार्थी भएका विद्यालयहरुलाई प्रति विद्यार्थी अनुदानको व्यवस्था गरी क्रमिक रुपमा ठूला विद्यालय निर्माण गर्ने दिशामा विद्यालयहरुलाई सहयोग गर्दै लगिनेछ ।
– सामुदायिक विद्यालयमा योग्यता पुगेका, सक्षम, प्रतिवद्ध तहगत स्थायी शिक्षकहरुलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनेछ । यसरी प्रधानाध्यापक व्यवस्थापन गर्दा मौजुदा शिक्षकहरुको विषयगत जिम्मेवारीमा फेरवदल हुँदा आवश्यक पर्ने शिक्षक व्यवस्थापन गर्न नगरपालिकाबाट बजेटको व्यवस्थापन गरिनेछ ।
– यस शैक्षिक वर्षको शैक्षिक तथ्याङ्कका आधारमा शिक्षक दरवन्दी मिलान कार्यलाई अघि वढाई शिक्षक दरवन्दी मिलान कार्यलाई स्वचालित प्रणालीवद्ध बनाईनेछ ।
– विद्यार्थीको स्वास्थ्य, पोषण र सन्तुलित आनिवानी विकासका लागि आवश्यक ज्ञान र सेवा विद्यालयबाट नै उपलब्ध गराउने प्रयास स्वरुप उच्चतम विद्यार्थी भएका माध्यमिक विद्यालयहरुमा विद्यालय नर्सको व्यवस्थाका लागि नगरपालिकाबाट स्रोतको व्यवस्था मिलाईनेछ । अन्य विद्यालयहरुमा त्रैमासिक रुपमा विद्यार्थीहरुको सामान्य स्वास्थ्य परिक्षण र परामर्श सेवा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु र निजि क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट सामाजिक उत्तरदायित्व बहन गर्ने गरी गर्न उत्प्रेरित गरिनेछ ।
– दरवन्दीमा कार्यरत शिक्षक सुत्केरी विदामा रहँदाको समयका लागि निश्चित मापदण्डका आधारमा स्वयम्सेवक शिक्षक व्यवस्थापन गर्न विद्यालयहरुलाई अनुदानको व्यवस्था गरिनेछ ।
– प्रयोगशालामा आधारित रोचक र व्यवहारिक शिक्षाका लागि नगर र विद्यालय साझेदारी विषयगत ल्याव निर्माण कार्यक्रम कार्यान्वयनमा ल्याईनेछ ।
– वृहत विद्यालय सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइनेछ । तत्तकाललाई सबै सामुदायिक माध्यमिक विद्यालयहरुमा विद्यालय जोखिम न्यूनिकरणका लागि सुरक्षा सामग्रीको व्यवस्था गरिनेछ ।
– विद्यालयमा रहेका अपुरा भवन तथा अन्य भौतिक पुर्वाधारको निर्माणका लागि संघ तथा प्रदेश सरकारसंग समन्वय र साझेदारीमा सम्पन्न गर्न पहल गरिनेछ ।
– यूवावर्गको चौतर्फी विकासका लागि खेलकुद मैदान निर्माण, विभिन्न खेल सञ्चालन, स्काउट शिक्षा, सचेतना र क्षमता विकास जस्ता कार्यहरु प्राथमिकताका साथ सम्पादन गरिनेछ ।
– नगर भित्र रहेका कलेजहरुको पूर्वाधार विकास, शैक्षिक गुणस्तर सुधार र अध्ययन अनुसन्धानका क्षेत्रमा सहयोग गरिनेछ ।
– नगरपालिकामा शिक्षाको विकास गर्न एवम् शिक्षालाई अनुसन्धानमुखी बनाउन विश्वविद्यालय स्थापनाको पहल गरिनेछ । सोका लागि नगरपालिकाका प्राज्ञिक, सामाजिक र राजनैतिक व्यक्तित्वसँग घनीभूत छलफल गरी अघि बढिनेछ ।
– प्राविधिक शिक्षालाई बढावा दिनको लागि प्राविधिक विद्यालयहरुको मूल्यांकन गर्ने कार्यलाई नगरपालिकाद्धारा निर्माण गरिएको कार्यविधिको आधारमा थप व्यवस्थित गरी स्तरोन्नतिमा विशेष ध्यान दिइनेछ ।
– कावासोती नगरपालिका भित्र रहेका सामुदायिक सिकाई केन्द्रहरुलाई सीप विकास र सामाजिक सचेतनाको हवका रुपमा विकास गर्न सहयोग गरिनेछ ।
– विपन्न वर्ग तथा द्धन्द्ध पीडित विद्यार्थीको शिक्षामा पहुच सुनिश्चित गर्न त्यस्ता विद्यार्थीहरुको पूर्व पहिचान गरी सबै प्रकारका शुल्क मिनाहा गरिनेछ ।
– नगरपालिकाका विद्यालयहरुको भौतिक पूर्वाधार विकासको लागि संघीय सरकार सँग सहकार्य गरिनेछ । भने प्रत्येक विद्यालयमा अपांगमैत्री शौचालय निर्माण कार्यलाई प्राथमिकता दिइनेछ । सवै विद्यालयमा क्रमशः स्वास्थ्यमा पहुच व्यवस्थापनको योजना ल्याइनेछ ।
– समुदायगत बाहुल्य रहेका विद्यालयहरुमा सोही समुदायको भाषामा शिक्षा पाउने व्यवस्थाको लागि अध्ययन गरिनेछ ।
– गृहिणी कक्षा सञ्चालन भएको विद्यालयलाई थप सुविधा सहितको भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरिनेछ । कक्षा ५ सम्म सञ्चालन रहेको प्रौढ गृहणी विद्यालयलाई निम्न माध्यमिक तह थप गर्ने अनुमती प्रदान गरी आवश्यक शिक्षक व्यवस्थापन गर्न सहयोग गरिनेछ ।
-नगरभित्र सञ्चालित सबै प्रकारका सीप विकास तालिम सञ्चालन गर्ने तालिम केन्द्रहरुलाई कानून बनाई कानूनी दायरामा ल्याइनेछ ।
– आधारभूत स्वास्थ्यका लागि नगरमा बसोवास गर्ने सबै नागरिकमा पहुच पु¥याइनेछ । साथै नगर भित्र बसोवास गर्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिकको लागि घर घरमा स्वास्थ्य सेवा पु¥याइनेछ ।
– मातृ तथा वाल मृत्यु दर कम गर्न र सुत्केरी हुने महिलाहरुको प्रसव पीडा कम गर्न वाल तथा प्रसुती अस्पताल स्थापना कार्यलाई आगामी आ.व. मा प्रदेश सरकारसँग समन्वय गरी कावासोती नगरपालिका वडा नं. ८ को रेडक्रस परिसरमा रहेको जग्गामा शुरुवात गरिनेछ ।
– घरमै सुत्केरी हुने अवस्थालाई शून्य बनाउन प्रोत्सहनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– आमा स्वास्थ्य कार्यक्रम र महिला स्वास्थ्य सेविका प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन दिइनेछैन ।
– कावासोती नगरपालिकाको वडा नं. ३ शिवमन्दिर स्वास्थ्य चौकीलाई राट्रिय आवास कम्पनीले वितरण गर्न बाँकी जग्गामा संघीय स्वास्थ्य मन्त्रालयको सहयोगमा भवन निर्माण कार्यलाई यसै वर्ष शुरुवात गरिनेछ ।
– कावासोती नगरपालिकाको वडा नं. १७ को स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी मेडिकल अफिसर सहितको दरवन्दी र आवश्यक उपकरण सहित आ.व. २०७९÷८० मा सञ्चालनमा ल्याउने व्यवस्था गरिनेछ । त्यस्तै कावासोती नगरपालिकाको वडा नं. को स्वास्थ्य चौकीमा मेडिकल ल्याव सञ्चाालन गरिनेछ ।
– गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको लागि स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको व्यवस्था गरिनेछ ।
– स्वास्थ्य संस्थाहरुमा एम्वुलेन्स सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
– नगरवासीहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याई निरोगी नगरवासी बनाउन तथा नगरका सवै स्वास्थ्य संस्था तथा नीजी अस्पताल र पोलिक्लिनिकहरुलाई नियमन गर्न स्वास्थ्य संस्था सञ्चालन र नियमन कार्यविधि तयार गरिनेछ ।
– पर्यटकीय क्षेत्र पुग्नको लागि पर्यटकीय क्षेत्र पहुचको सडक निर्माण कार्यलाई प्राथमिकताको साथ अघि बढाइनेछ । साथै पर्यटकहरु आकर्षित गर्न वडा नं. ४,५,७,१०,११,१२,१३,१५ र १७ मा विशेष सांस्कृतिक क्षेत्र कायम गरी स्थानीय कला र संस्कृति संरक्षण गर्ने नीति लिइनेछ ।
– वडा नं. १ को वालुवा डाँडामा रहेको भ्यू टावर सञ्चालनमा ल्याई पर्यटकीय गतिविधि बढाउन पहुच सडकको स्तरोन्नतिमा संघीय सरकार सँग सहकार्य गरिनेछ । साथै उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ढोडे गाउँलाई मगर संस्कृति संरक्षण गरी मगर सांस्कृतिक संग्रालय स्थापना गरिनेछ ।
– पर्यटन पूर्वाधार विकासका लागि आगामी आ.व. मा वडा नं. १ को महाराजा मन्दिर, वडा नं. २ को नर्मदेश्वर मन्दिर, वडा नं. ३ को राम मन्दिर, बौद्ध गुम्वा(गुरुङ,मगर,तामाङ), देवीमन्दिर, व्रहम कुमारी राजयोग सेवा केन्द्र, गौशाला, कुमारवर्ती मन्दिर, कालिका मन्दिर र नेवार गुठी,वडा नं. ५ को पेमा सामडुप छोइलिङ गुम्वा, वडा नं. ८ को राधकृष्ण मन्दिर, सिद्धेश्वर महादेव मन्दिर, बौद्ध गुम्वा, लाङ्घाली एकता समाजको सांस्कृतिक भवन, वडा नं. ९ को शिवालय मन्दिर र वडा नंंं. १२ को लक्ष्मी नारायण मन्दिर, लक्ष्मीनारायण वृद्धाश्रम, देवीथान मन्दिर, वडा नं. ४ र १७ मा जित वाहन मन्दिर, वडा नं. ४ को जखडी, रामजानकी मन्दिर, गणेश मन्दिरको संरक्षण, सम्वद्र्धन र निर्माणको लागि विशेष गुरु योजनाको लागि अध्ययन अनुसन्धान गरिनेछ ।
– सवै वडामा वाल उद्यान निर्माण गरिनेछ साथै नवलपुर जिल्लाको प्रस्तावित नमुना सदरमुकाम क्षेत्रमा नमुना वाल उद्यान पार्क निर्माण गरिनेछ ।
– नगरपालिका भित्र रहेका पिठौलीघाट, गंगेश्वरघाटारी र अन्य विभिन्न घाटहरुको संरक्षण र सम्वद्र्धन गर्न राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्रसँग समन्वय र सहकार्य गरिनेछ । साथै घाटसम्म पुग्ने पहुच मार्गको स्तरोन्नति गरिनेछ ।
– विगत केही वर्षदेखि संचालनमा रहेका निजी विद्यालयहरुको भौतिक पूर्वाधारको अवस्था, विद्यार्थी संख्या, शिक्षण सिकाइ लगायत अन्य आधारमा कक्षा १–८ सम्मका आधारभूत तहलाई आवश्यकीय रुपमा अनुमति दिने र नियमन गर्ने नीति लिइनेछ ।
– राष्ट्रिय विधामा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने नगरपालिकाका प्रतिष्ठित व्याक्तित्वहरुको पहिचान सहित प्रतिष्ठान निर्माण गरिनेछ ।
– नगर बाल सञ्जाललाई थप सशक्तिकरणका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ । र वालमैत्री नगरपालिका घोषणा कार्यक्रमको तयारीलाई निरन्तरता दिइ छिट्टै घोषणा गरिनेछ ।
– बालवालिका सँग नगरप्रमुखको साक्षात्कार गराउनका लागि “हेल्लो मेयर” कार्यक्रम सञ्चालन गरिनेछ ।
– नगरपालिका भित्र वसोवास गर्ने दलित, अल्पसंख्यक, जनजाति, महिला, ज्येष्ठ नागरिक र लैंगिक अल्पसंख्यक, अपांगहरुको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
– दलित समुदायको मेधावी विद्यार्थीहरुलाई उच्च शिक्षामा अध्ययनको अवसर सिर्जना गरिनेछ । साथै दलित, अल्पसंख्यक र सीमन्तीकृत समुदायबाट विद्यावारिधि अध्ययन गर्ने र अन्य समुदायबाट समेत विद्यावारिधि गर्ने विद्यार्थीहरुलाई अध्ययन सहायता अनुदानको व्यवस्था गरिनेछ ।
– थारु समुदायको पहिचानको मेडरी नाचको संरक्षण, व्यवस्थापन र प्रवद्र्धनको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
– वडा नं. ४ र १७ को इसाइ समुदायको चर्चलाई संरक्षण र संवद्र्धन गरिनेछ ।
– महिला लक्षित कार्यक्रम अन्तरगत सीप विकास, क्षमता विकास र आय आर्जनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– अपांग पुर्नस्थापनाको लागि पुर्नस्थापना केन्द्र स्थापनाको लागि १४, १५, १६ र १७ मा संभावित स्थानको खोजी गरी व्यवस्थापन गरिनेछ ।
– सबै वडामा बाल उद्यान र ज्येष्ठ नागरिक विश्रामस्थल निर्माणको प्रक्रियाको थालनी गरिनेछ ।
– भूमीहीन दलित, सकुम्वासी तथा अव्यवस्थित वासीहरुलाई भूमी आयोगसँगको सहकार्यमा लालपूर्जा वितरण कार्यलाई अघि बढाइनेछ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
– योजना कार्यान्वयन गर्दा वातावरण सँग तादात्यता हुने गरी दिगो विकासको अवधारणा वमोजिम कार्यान्वयन गरिने छ ।
– नगरभित्र उत्पादन हुने फोहर व्यवस्थापनको लागि सवै वडाहरुमा नियमित र आवश्यकताका आधारमा फोहर उठाउने व्यवस्था गरिनेछ । नगरपालिकाको फोहरमैला व्यवस्थापन केन्द्रलाई थप सुदृढ बनाईनेछ ।
– नगरभित्र रहेका सामुदायिक वन समितिलाई सशक्तिकरण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ । वन क्षेत्र संरक्षणका लागि सामुदायिक वन समितिका आम्दानीलाई नगरको करको दायरा ल्याइनेछ ।
– नगरपालिका भित्रका सिमसार क्षेत्रहरुको संरक्षणमा विशेष ध्यान दिइनेछ ।
– नगरपालिकाको अवसर र चुनौतीको रुपमा रहेको केरुङे खोलाको व्यवस्थापनको लागि अधिकार सम्पन्न केरुङे खोला व्यवस्थापन समितिको निर्माण गरिनेछ । साथै राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिसँग समन्वय र सहकार्य गरिनेछ । साथै उक्त खोलालाई चुरे क्षेत्रबाट हटाउन विशेष पहल गरिनेछ । खोलाको किनारमा पक्की तटवन्ध र पर्यापर्यटकीय पूर्वाधार निर्माणको लागि प्रदेश र संघीय सरकार तथा नगर विकास कोष मार्फत् एशियाली विकास बैंकसँग सहकार्य गरिनेछ ।
– नगरपालिकाको पत्थरे खोला, लोकाहा खोला, डन्जर खोला, हसौरा खोला लगायतका अन्य खोलाहरुको व्यवस्थापनमा विशेष कार्यक्रमहरु सञ्चालन गरि विपद् व्यवस्थापन गरिनेछ ।
– वडा नं. २ को फलफुलचोक देखि उत्तर तर्फ रहेको वस्तीभित्र जीर्ण अवस्थामा रहेका रुखहरु सम्वन्धित निकायहरुसँग समन्वय गरी व्यवस्थापन गरिनेछ ।
– टरुवा ताल संरक्षणमा मौलिक प्रविधिलाई प्राथमिकता दिइनेछ । साथै पोखरीताल र गैडाताल संरक्षणमा विशेष ध्यान दिइनेछ ।वडा नं. ४को रिचार्ज पोखरी विस्तार गरिनेछ ।
संस्थागत विकास सेवा प्रवाह र सुशासन
– नगरपालिकालाई आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधिहरुको पुनरावलोकन, परिमार्जन र थप समयमै गरी सेवा प्रवाहलाई थप सरलीकरण, व्यवस्थित र अद्याधिक गरिनेछ ।
– नगरवासीले घरमै बसी अनलाइन भुक्तानी हुने गरी कर प्रणालीलाई प्रविधिमैत्री र झन्झटमुक्त बनाइनेछ ।
– सेवाग्राहीलाई नगरको सेवा लिन सरलीकरण र सहजीकरण गर्न एकै ठाउँबाट सेवा प्रवाह गर्ने गरी सेवा प्रवाहमा एकद्धार प्रणाली स्थापना गरिनेछ ।
– सेवा प्रवाहमा प्रभावकारीता ल्याउनको लागि कर्मचारीहरुको कार्यसम्पादन करार, कार्यविशिष्टिकरण, क्षमता विकास र अध्ययन र अनुसन्धानमा जोड दिइनेछ ।
– नवनिर्वाचि जनप्रतिनिधिहरुको क्षमता विकास र उत्प्रेरणाको लागि प्राथमिकताको साथ कार्यक्रमहरु अघि बढाइनेछ ।
– न्यायिक समितीको क्षमता विकासको लागि अध्ययन, अवलोकन एवम् तालिमहरु सञ्चालन गरिनेछ ।
– कर प्रशासनलाई सुदृढ गरी करका दायरालाई पुनरावलोकन, करको दर र कर प्रशासनको सेवालाई जनमुखी बनाई करप्रतिको धारणालाई परिवर्तन गरिनेछ ।
– प्रत्येक वर्ष नगरपालिका भित्र उत्कृष्ट कर्मचारी छनौट गरी कर्मचारी प्रोत्साहन गर्ने प्रणाली शुरुवात गरिनेछ ।
– नगरपालिकाको सेवा प्रवाह र विकास निर्माण कार्य र जनताको सुसूचित हुन पाउने अधिकारलाई प्रभावकारी बनाउन मिडियासँग सहकार्य गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– नगरपालिकाको संगठन र दरवन्दी संरचनालाई समयानुकूल पुर्नसंरचना गर्ने आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
– सेवा प्रवाह र विकास निर्माण कार्यलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन प्रत्येक चौमासिकमा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिनेछ । साथै सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिइनेछ ।
– नमुना सदरमुकाम वरीपरी सदरमुकाम क्षेत्र भन्दा बाहिर रहेका बाँकी जग्गाहरु नगरको स्वामित्वमा ल्याउने प्रक्रिया शुरु गरिनेछ ।