कावासोतीमा रहेको लायन्स क्लव अफ नवलपुर कावासोतीको अध्यक्ष पदमा ऋषी लम्साल निर्वाचित भएको छन । सनिबार कावासोतीमा सम्पन्न लायन्स क्लव अफ नवलपुर कावासोतीको दोस्रो साधारण सभाबाट बर्ष २०२२–०२३ का लागी ऋषी लम्साल चयन भएको क्लवका दितिय उपाध्यक्ष मदन गिरीले जानकारी दिनुभयो ।
क्लवका संस्थापक अध्यक्ष एवम् बर्ष ०२१–०२२ का अध्यक्ष सागर पोख्रेलको अध्यक्ष्ता एवम् जोन चियरपर्सन लायन मनी गुरुङ्गको प्रमुख आतिथ्यता तथा इलेक्ट्रेड जोन चियर पर्सन लायन देवी घिमिरेको विशेष आतिथ्यतामा दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको थियो ।
अधिबेशनले प्रथम उपाध्यक्षमा लायन मदन गिरी, दितिय उपाध्यक्षमा रामकृष्ण ढुङ्गाना, महासचिवमा मुकुन्द जि.सी., कोषध्यक्षमा सर्वजित बस्नेत निर्वाचित गरेको नव निर्वाचित महासचिब मुकुन्द जि.सी.ले जानकारी दिनुभयो ।
अधिवेशनले क्लवको विभिन्न विभाग एवम् डाइरेक्टरहरु समेत चयन गरेको छ । नव निर्वाचित कमिटिले जुलाई १ बाट कार्यकाल शुरुहुने क्लवको अन्र्तराष्ट्रिय मान्यता रहेको छ ।