कावासोति, जेष्ठ १७

कावासोतिले नगरकार्यपालिकाका नव निर्वाचित कार्यपालिका सदस्यहरुले आज (मंगलबार)निर्वाचितको प्रमाण पत्र ग्रहण तथा पद तथा गोपनियतताको सपथ ग्रहण गराईएको छ ।
गत जेष्ठ १२ गते कावासोति नगर कार्यपालिकाको कार्यपालिका सदस्यका लागि नेकपा एमालेबाट मात्र उमेदवारि दर्ता भएकोे थियो ।
मुख्य निर्वाचनको कार्यालय समेत रहेको कावासोती नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जेष्ठ १२ गते उम्मेद्वारी दर्ता गराएका ८ जनालाई सर्व निर्विरोध निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको होे ।
कावासोतिको कार्यपालिका सदस्यमा कावासोती नगरपालिका वडा नं. २ बाट बाबुराम विश्वकर्मा, १६ बाट गुमान सिंह कामी, ११ बाट राजकुमार माझी , १५ बाट मिना कुमारि मुसहर, १७ बाट गिता विश्वकर्मा , ९ बाट रेश्मि परियार, ५ बाट पार्वति भण्डारी र २ बाट समन्ति सारु निर्विरोध निर्वाचित हुनुभएको हो ।
नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु प्रसाद भुसालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
आज निर्वाचित कार्यपालिका सदस्य सहित कावासोति नगर कार्यपालिकामा नेकपा एमालेका नगर प्रमुख, उप प्रमुख सहित २२ जना, नेपाली काङ्ग्रेसको ४ जना, माओवादी केन्द्रका १ जना रहेका छन् । नगर कार्यपालिकासँगै नगर सभामा समेत नेकपा एमालेको स्पष्ट बहुमत रहेको छ ।
नेपाली काग्रेसले कार्यपालिका सदस्यमा आफ्नो तर्फबाट उम्मेद्वारी दर्ता नगराएको भन्दै सामाजीक सञ्जालमा चर्को विरोध भएको थियो ।