एमाले कार्यकर्ता पक्राउ परेपछि केही बेर रोकिएको भरतपुर महानगरपालिकाको मतगणना फेरि सुचारु भएको छ ।
नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको हो । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिए पनि ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । केहीबेरको विवादपछि फेरि मतगणना सुचारु भएको छ ।