कावासाेति, जेष्ठ ८
सनिबार अाएकाे हावाहुरीले क्षति पुर्याएकाे विभिन्न स्थानकाे कावासाेति नगरपालिकाका नगर प्रमुख ( मेयर) बिष्णु प्रसाद भुसालद्वारा निरिक्षण गर्नुभएकाे छ ।कावासाेती नगरपालिका भित्र हावाहुरीले पुर्याएकाे क्षतिकाे नगर प्रमुख विष्णुप्रसाद भुसालले निरिक्षण गर्नुभएको छ। कावासाेती नगरपालिका वडा नम्बर १० र १७ मा पुर्याएकाे क्षतिकाे नगर प्रमुख भुसालले निरिक्षण गर्नुभएको हाे । कावासाेति वडा नं. १०का विभिन्न स्थानमा घरकाे छानाे उडाउने , बिधुत पाेल ढाल्ने गरेकाे छ । वडाका विभिन्न स्थानमा गरि करिव १५ बटा बिधुतकाे पाेल ढलेकाे छ । नगर प्रमुख भुसालले ढलेका विधुतका पाेलकाे तत् काल मर्मत गर्न अाग्रह सगै हाल विधुत पाेल परिवर्तन तथा मर्मतकाे काम भईरहेकाे नगर प्रमुख भुसालले बताउनु भयाे । हावाहुरीले कावासाेति १७ मा रहेकाे गाई फम सहित विभिन्न स्थानमा घरगाेठमा क्षति पुगेकाे छ । नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका उमेद्वार बनेका नन्दु अाचार्यले संचालन गरेको गाई फमकाे अवलाेकन गर्नु भएकाे छ । निरिक्षण पछि नगर प्रमुख भुसालले कार्यालय खुल्न साथ आफुले नगरमा विपद व्यवस्थापनकाे काेषकाे अवस्था र राहातकाे प्रक्रिया बुझेर आवश्यक पहल गर्ने नगर प्रमुख भुसालले बताउनुभयो ।प्रमुख भुसालले नगर भित्र विपतमा परेका कृषकहरुकाे तथ्यांक संकलनकाे कार्य बढाईएकाे समेत बताउनुभयाे ।कावासाेति नगरपालिकाकाे भाेलि कार्यपालिकाकाे पहिलाे बैठक बस्दैछ ।